Aamsanchar

मिलन स्मृति नकआउट २०–२० प्रतियोगिता शुरु

Author Image
मङ्गलवार, फागुन २४, २०७३

[शान्तिराम बस्नेत]
शिवसताक्षी,


झापाको शिवसताक्षीस्थित दुधेमा जारी तेस्रो मिलन स्मृति नकआउट २०–२० प्रतियोगिता शुरु भएको छ ।
मिलन चौकस्थित किराँत क्रिकेट क्लबको खेलमैदानमा सम्पन्न पहिलो खेलमा दमक विसिसिले सुरुङ्गा योङ स्टारलाई ९३ रनले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ रोजेको दमक बिसिसीले खेलको शुरुवात देखिनै आक्रामक रुपमा ब्याटिङ प्रस्तुत गरेको थियो । उसले २० ओभरमा ९ विकेटको क्षतिमा १७० रन बनाएको थियो । उसका तर्फबाट मनोज तामाङले ३६ बलको सामना गर्दै ४० रन, बिमर्स राईले ११ बलमा २० रन तथा १०औं नम्बर ब्याटिङमा आएका शंकर भुजेलले आक्रामक ब्याटिङ गर्दै ८ बलमा २४ रनको योगदान दिएका थिए भने सुरुङ्गा योङ स्टारका गौरव पोखरेलले ४ ओभरमा २३ रन दिदैं ४ विकेट झारेका थिए । त्यसमा, दमकले ३१ रन एक्स्ट्रा स्वरुप पाएको थियो ।
यता १७१ रनको विशाल लक्ष्य पछ्याउको सुरुङ्गा योङ स्टार १७.२ ओभरमा अलआउट हुँदैं मात्र ७२ रन बनाएको थियो । योङ्ग स्टारका तर्फबाट प्रविन थापाले १६ तथा राकेश मगरले ११ रन बनाउन बाहेक अन्य ब्याटम्यानले दोहोरो स्कोर समेत बनाउन सकेनन् । उत्कृष्ट ब्याटिङ समेत गरेको दमक बिसिसीले कसिलो बलिङ गर्दै सुरुङ्गालाई धरासयी बनाएको हो । उसका तर्फबाट मनोज तामाङ्गले ४ ओभरमा २१ रन दिदैं ३ विकेट झारेका थिए भने ज्ञानु श्रेष्ठले पनि ४ ओभरमै १ मेडन राख्दै १५ रन खर्चिदा ३ विकेट झारेका थिए भने जनम मगरले ४ ओभरमा ४ रन दिदैं २ विकेट लिएका थिए ।
खेलको म्यान अफ द म्याच विजेता टिमका मनोज तामाङ्ग भए । आयोजक समितिका संयोजक डिल्ली श्रेष्ठले दिएको जानकारी अनुसार बुधबारको खेल केर्खा क्रिकेट क्लब र सुरुङ्गा स्पोर्टिङ क्लब बीच हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर