Aamsanchar

छोरी जन्माउदा अलपत्र छाडिएकी दीपालाई श्रीमानको जिम्मा, विएण्डसीमा तिर्न बाँकी ७३ हजार छुट

Author Image
बिहिवार, फागुन २६, २०७३


बिर्तामोड ।
छोरी जन्माएको भन्दै परिवारले स्वीकार नगर्दा १० दिन देखि बिर्तामोडस्थित बी एण्ड सी हस्पिटलमा अलपत्र परेकी एक सुत्केरी महिला र नवजात शिशुलाई परिवारको जिम्मा लगाइएको छ । छोरी जन्माएको थाहा पाएपछि उनका श्रीमान् सम्पर्क्विहीन बनेका थिए ।
बिर्ताबजार निवासी दीपा दासको उद्धार गरिएको हो । अस्पताल प्रशासन र छिमेकीको सहयोगमा उनी र उनको छोरीलाई श्रीमान् चन्दन दासको जिम्मा लगाइएको छ ।
अस्पताल प्रशासन र कर्मचारीले रकम सङ्कलन गरेर आमा र छोरीको खाना र कपडाको व्यवस्था गरिदिएका थिए ।
दीपाले तिर्न बाँकी ७३ हजार ५ सय ३० रुपैयाँ पनि हस्पिटलले छुट गरिदिएको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । मानिसको ज्यान र स्वास्थ्य भन्दा ठूलो केही होइन भन्ने महसुसका साथै मानवीय सेवालाई सर्वोपरी ठानी हस्पिटलले छुट दिएको कार्यकारी निर्देशक दुर्गा प्रसाई ले बताए ।
उनी समयमा हस्पिटल नआइपुगेको र चिकित्सकले समयमै उपचार नगरेको भए आमा र बच्चा दुवैको ज्यान बचाउन सक्ने अवस्था नरहने प्रसाईले बताए । कतिपय हस्पिटलले उपचार भन्दा पैसालाई प्राथमिकता दिने गरेको बताउदै प्रसाईले भने– बी एण्ड सी हस्पिटलले पहिलो प्राथमिकता बिरामीको ज्यान बचाउनु र सेवालाई दिने गरेको छ ।

Views: 158

प्रतिक्रिया (०)