काठमाडौं :

नेपालीले टेलिफोनमा कुराकानी गर्न मात्रै वार्षिक ८४ अर्ब रुपैयाँ खर्च गरिरहेका छन्।

नेपाल दूरसञ्चारको प्रतिवेदनअनुसार नेपालीको टेलिफोनमा गर्ने कुराकानी (भ्वाइस) मा भएको यो खर्चको सबैभन्दा ठूलो हिस्सा एनसेल र नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकमको छ।
भ्वाइसमा ठूलो रकम एनसेलका ग्राहकले खर्च गरेका छन्। एनसेलले आर्थिक वर्ष ०७२÷०७३ मा गरेको ५५ अर्ब ४२ करोड रुपैयाँ भ्वाइस सेवाबाट मात्रै आर्जन गरेको छ।

नेपाल टेलिकमले पनि यो वर्ष गरेको ३९ अर्ब ६८ अर्ब करोड रुपैयाँको आम्दानीमा भ्वाइस सेवाबाट मात्रै ३४ अर्ब ९८ करोड रुपैयाँ कमाएको छ। दूरसञ्चार सेवाका प्रमुख प्रतिस्पर्धी टेलिकम र एनसेलका प्रमुख बजार छन्।
यी दुई कम्पनीका सेवा प्रयोग गरी टेलिफोनमा हुने खर्च मात्रै वार्षिक ८२ अर्ब ३१ करोड रुपैयाँ छ। भ्वाइस सेवाको कुल ८४ अर्ब ३१ करोड रुपैयाँको बजारमा अन्य सेवा प्रदायकको हिस्सा भने एक अर्ब ९४ करोड रुपैयाँ मात्र छ।

