Aamsanchar

मोर्चाका कार्यकर्ताद्वारा सप्तरीमा प्रदर्शन, अन्य जिल्लामा बन्द खुल्यो

Author Image
बिहिवार, फागुन २६, २०७३

सप्तरी।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले लगातार दुई दिनसम्म गरेको मधेस बन्द र प्रदर्शनपछि आजबाट तराईका अधिकांश जिल्लाको जनजीवन सामान्य बन्दै गएको छ ।

सप्तरीबाहेकका मधेसका सबै जिल्लाको जनजीवन सामान्य बनेको हो । सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, सर्लाही, रौतहटलगायतका जिल्लामा शैक्षिक संस्था, कलकाखाना, यातायात सुचारु भएका छन् ।

सप्तरीमा भने मोर्चाका कार्यकर्ताले आज पनि प्रदर्शन गरिरहेका छन् । राजविराजलगायतका स्थानमा मोर्चाका कार्यकर्ताले बिहानैदेखि गरेको प्रदर्शनका कारण जनजीवन प्रभावित भएको छ ।

बजार, शिक्षण संस्था, उद्योगधन्दा, कलकारखाना, यातायात प्रायः ठप्प छन् । राजविराजका विभिन्न चोकमा मोर्चाका कार्यकर्ताले टायर बालेर प्रदर्शन गरेपछि यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन् ।

मोर्चाका कार्यकर्ताले भारदह, रुपनी, कञ्चनपुरलगायतका स्थानमा केही यातायातका साधनमा तोडफो समेत गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१