सुनसरी।
धरानमा सम्पन्न तीनदिने प्रथम पुष्प तथा फलफूल प्रदर्शनीमा ३० लाख रुपैयाँको कारोबार भएको छ ।
बुधबार सम्पन्न पुष्प मेलामा ३० लाख रुपैयाँको बिरुवा बिक्री भएको आयोजकले जनाएको छ ।

फागुन २३ गतेदेखि सन्चालित प्रदर्शनीमा २५ ओटा स्टल राखिएका थिए ।

पुष्प तथा फलफूल कृषि व्यवसाय प्रवद्र्धन समितिका कोषाध्यक्ष प्रेम पराजुलीले २५ ओटा स्टलबाट तीनदिने मेलामा ३० लाखको कारोबार भएको बताए ।

पुष्प मेलाको ३० हजारजनाले अवलोकन गरेको पनि आयोजकले जनाएको छ ।


Views: 174

