Aamsanchar

एसएसबीले ज्यादती गरेको भन्दै प्रदर्शन

Author Image
शुक्रवार, फागुन २७, २०७३

कञ्चनपुर, 

भारतीय सीमा सुरक्षा बल एसएसबीले चलाएको गोली लागेर नेपालीको हत्या भएको बिरोधमा कैलाली र कञ्चनपुरमा प्रदर्शन भइरहेको छ । एसएसबीले ज्यादती गरेको भन्दै नेपालीले बिहानैदेखि प्रदर्शन गरेका हुन् ।

घटनाको विरोधमा बजार तथा कलकारखाना सबै ठप्प पार्नुका साथै सीमा क्षेत्रमा प्रदर्शन भैरहेको छ । नेपाली र भारतीय पक्षबीच हिजो ३ बुँदे सहमती भएपनि स्थानीय बासिन्दाले घटनाको विरोधमा शुक्रबार पनि सीमा क्षेत्रमा प्रदर्शन गरिरहेका हुन् ।

यस्तै स्थिति तनावग्रस्त भएको भन्दै स्थानीय प्रशासनले भारतीय नम्बर प्लेटका गाडीमा रोक लगाएको छ । आक्रोशित स्थानीय बासिन्दाले बिहीबार भारतीय नम्बर प्लेटका गाडीमा तोडफोड तथा आगजनी गरेपछि स्थिति सामान्य नहुँदासम्म भारतीय नम्बर प्लेटका गाडीमा रोक कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नैनसिंह कार्कीले जानकारी दिनुभयो ।

यस्तै एसएसबीको ज्यादतीको विरोधमा शुक्रबार नेकपा माओवादी केन्द्रले ७ नम्बर प्रदेश बन्दको आह्वान गरेको छ । बन्दका यातायात, कलकारखाना तथा शैक्षिक संस्था ठप्प भएका छन् ।

बिहीबार एसएसबीले नेपाली भूभागमै आएर गोली चलाउँदा कञ्चनपुर पुनर्वासका गोविन्द गौतमको ज्यान गएको थियो । घटना लगत्तै सीमा क्षेत्रमा तनाव बढेको हो ।

Views: 114

प्रतिक्रिया (०)