Aamsanchar

चुनावमा भाग लिन पाउने राजनीतिक दलको नाम सार्वजनिक

Author Image
शुक्रवार, फागुन २७, २०७३

काठमाडौं,

निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय चुनावमा भाग लिन पाउने राजनीतिक दलको नाम सार्वजनिक गरेको छ । बिहीबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेर आयोगले ७५ वटै जिल्लामा चुनावमा भाग लिन पाउने दलको नाम सार्वजनिक गरेको हो ।

स्थानीय चुनावमा सबैभन्दा बढी ४७ दलले काठमाडौंमा भाग लिन पाउने भएका छन् भने सबैभन्दा कम मनाङमा ६ दलले प्रतिस्पर्धा गर्न पाउने छन् । निर्वाचन आयोगले स्थानीय चुनावमा भाग लिन चाहने दललाई यही फागुन १६ देखि १८ गतेसम्म सूचना दिन आग्रह गरेको थियो ।

आयोगको आग्रहअनुसार दर्ता भएका एक सय १३ दल मध्ये ८१ वटा दलले मात्र आयोगमा सूचना दिए पनि अरु दलले पनि चुनावमा भाग लिन पाउने भएका हुन् । यसअघि संविधानको धारा २६९ अनुसार माघ १७ गतेसम्म आयोगको केन्द्रिय कार्यालय र जिल्ला कार्यालयमा दर्ता भएको आधारमा पनि चुनावमा भाग लिन पाउने गरी आयोगले सूचना जारी गरेको हो ।

संविधान संशोधन नभई चुनाव जान्नौं भन्ने संघीय समाजवादी फोरम नेपालबाहेकका मधेस केन्द्रित अरु दलले आयोगमा सूचना नदिए पनि स्थानीय चुनावमा भाग लिन पाउने निर्वाचन आयुक्त नरेन्द्र दाहालले आयोगको जिल्ला वा केन्द्रमा दर्ता भएका दललाई चुनावमा भाग लिन बाधा नपर्ने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर