Aamsanchar

चट्याङका कारण विद्युत् आपूर्ति अवरुद्ध

Author Image
शनिवार, फागुन २८, २०७३

काठमाडौँ ।

नेपाल आयात भइरहेको विद्युत् प्रणालीमा चट्याङ पर्दा कुल १४५ मेगावाट विद्युत् आयात अवरुद्ध भएको छ ।  ढल्केबर मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमा चट्याङ पर्दा विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले मुजफ्फरपुरतर्फको लाइटिङ एरेस्टर बिग्रिएका कारण समस्या पैदा भएका कारण विद्युत् आपूर्तिमा समस्या आएको जानकारी दिनुभयो ।

प्रसारण लाइनमा परेको समस्या समाधानका लागि प्रयास भइरहेको उहाँको भनाइ छ । मुलुकभित्रै नदीमा पानी बढेको र उत्पादन पनि बढेका कारण विद्युत् आपूर्तिमा कुनै पनि समस्या नआउने प्राधिकरणको भनाइ छ ।

हावाहुरीका कारण मुलुकका अन्य स्थानमा समेत विद्युत् प्रसारणमा समस्या पैदा भएको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हावाहुरी र चट्याङका कारण आपूर्तिमा समस्या भएका कारण प्राविधिक टोलीले काम गरिरहेको छ ।

सिंहदरबार आसपासका क्षेत्रमा पनि विद्युत् आपूर्तिमा समस्या उत्पन्न भएको प्राधिकरणले जनाएको छ ।

शनिबार भए पनि विद्युत् आपूर्ति नियमित बनाउनका लागि हरप्रकारको प्रयास भइरहेको र उल्लेख्य मात्रामा प्राविधिक टोली परिचालन गरिएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

लामो समयपछि पानी परेका कारण प्रसारण लाइन तथा इन्सुलेटरलगायतमा समस्या पैदा भएको छ । तर जल सतह बढेका कारण आन्तरिक उत्पादन बढेको तथा सञ्चालनमा रहेका आयोजनाबाट उल्लेख्य मात्रामा विद्युत् उत्पादन भएका कारण आपूर्तिमा कुनै पनि समस्या नरहेको प्रवक्ता अधिकारीको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)