काठमाडौं :
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय उपसचिवका रुपमा कार्यरत मनहरि शर्मा (तिमल्सिना) ले पदबाट दिएको राजिनामा प्रधानमन्त्रीको सचिवालयले स्विकृत गरेको छ।
आफ्नो घरयासी तथा अन्य व्यावहारिक कारण जनाउँदै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा समक्ष मनहरिले फागुन २६ गते राजिनामा पेश गरेका थिए।
राजिनामा पत्रमा उनले आफ्नो व्यक्तिगत कारणले स्वकीय सचिवालयमा रही काम गर्न नसक्ने उल्लेख गरेका थिए। ‘यहाँहरुको अमूल्य बिश्वास अनुरुप आफ्नो जिम्मेवारी पुरा गर्न नसकेकोमा दुखी र लज्जित दुबै छु। आशा छ, यहाँहरुको मेरो बाध्यता बुझिदिनु हुनेछ,’ राजीनामा पत्रमा उल्लेख छ।
प्रमुख स्वकीय सचिव महराले मनहरि शर्माको राजिनामा स्विकृत गर्दै उनले सचिवालयमा रहेर पुर्याएको योगदानप्रति आभार प्रकट गरेको सचिवालयले जनाएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 164