Aamsanchar

एमालेको मेची-महाकाली अभियान आज प्रदेश नम्बर पाँचमा

Author Image
आइतवार, फागुन २९, २०७३

बुटवल :

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मेची-महाकाली अभियान आज प्रदेश नम्बर पाँच प्रवेश गर्दै छ।

शनिबार ४ नम्बर प्रदेशका चितवनको नारायणघाट र नवलपरासीको नवलपुरमा सभा गरेको एमालेले पाँच नम्बर प्रदेशको पहिलो सभा आज नवलपरासीकै भुमहीमा गर्नेछ।

बिहान प्रदेश नम्बर पाँच प्रवेश गर्ने अभियानलाई बर्दघाटमा स्वागत गर्ने एमाले उपमहासचिव तथा प्रदेश नम्बर पाँचका संयोजक विष्णुप्रसाद पौडेलले जानकारी दिए। भुमहीमा सभा गरेर रूपन्देहीको भैरहवामा प्रदेशस्तरीय सभा आयोजना हुनेछ ।

सभामा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपालसहितका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने छन्। सभाका लागि प्रदेश नम्बर पाँचका सबै गाउँ टोलमा घरदैलो कार्यक्रम गरिसकेको प्रदेश संयोजक पौडेलले बताए।

सभा संविधान कार्यान्वयन र चुनावको वातावरण तयार गर्नका लागि थालिएको भन्दै उनले कसैको विरोधमासभा आयोजना नभएको बताए। सभामा मधेसी समुदायको बाहुल्यता रहने उनले जानकारी दिए। उनका अनुसार भैरहवाको सभा सकेर अभियान  सोमबार पश्चिम लाग्ने पौडेलले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर