Aamsanchar

कमल थापालाई ९ आरोप लगाउँदै लोहनीले पार्टी छाडे

Author Image
आइतवार, फागुन २९, २०७३

काठमाडौं :

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टी परित्यागको घोषणा गरेका छन्।

पार्टी अध्यक्ष कमल थापासँग विभिन्न विषयमा असहमति राख्दै उनले पार्टी छाडेको घोषणा गरेका हुन्।  लोहनीले पार्टी अध्यक्ष थापालाई पत्र लेखेर विभिन्न ९ वटा आरोप लगाउँदै २५ वर्षदेखि रहेको पार्टी छाडेको घोषणा गरेका हुन्।

उनले जथाभावी पदाधिकारी नियुक्ति, सरकारमा जान मन्त्री चयन र राजदूत चयन गरेकोमा पनि असहमति राखेका छन्।  आइतबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी लोहनीले आफूले अर्को पार्टी गठन गर्ने बताएका छन्।

आफू घरमा दाल भात खाएर मात्र नबस्ने भन्दै उनले ७५ वटै जिल्लाका कार्यकर्ताको सुझाव अनुसार राजनीतिमा सक्रिय हुने बताए।  ‘म घरमा दालभात खाएर बसन्ने मान्छे होइन। राजनीतिमा सक्रिय हुन्छु। ७५ जिल्लाकै साथी मेरो साथमा छन्।

उनीहरुलाई साथमा लिएर आगामी चुनावमा पनि भाग लिन्छु। चुनाव चिन्ह हलो नै राख्ने प्रयास हुनेछ’ उनले भने।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)