Aamsanchar

इनारमा पुरुषको शव

Author Image
आइतवार, फागुन २९, २०७३

भक्तपुर ।

चाँगुनारायण नगरपालिका–१३ दुवाकोटस्थित हरि खड्काको घर अगाडिको सार्वजनिक इनारमा आज एक पुरुषको शव भेटिएको छ ।

करिब ३० फिट गहिरो इनारमा डुबेर मृत्यु भइरहेको अवस्थामा स्थानीय ४६ वर्षीय राजेन्द्र खड्काको शव भेटिएको महानगरीय प्रहरी वृत्त थिमिका प्रनाउ श्यामबाबु ओलियाले जानकारी दिनुभयो । घटना आत्महत्या हो की, हत्या भन्नेबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको र शव परीक्षणका लागि अस्पताल पठाइएको उहाँले जानकारी दिनुभयो ।

Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर