काठमाडौं :
पशुपति र स्वयम्भू मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभी एड्सको संक्रमण भएको पाइएको छ।
केही समयअघि अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा गरेको अनुसन्धानले यस्तो देखाएको हो। ३९ मध्ये ३७ बाँदरमा क्यान्सर र एचआइभी एड्सको संक्रमण देखिएको थियो। विश्वविद्यालयले पहिलो समूहमा १२, दोस्रोमा ११ र तेस्रोमा १६ बाँदरमा अध्ययन गरेको थियो।
जसअनुसार १७ भाले र २२ पोथी बाँदर थिए। अनुसन्धानकार्तालाई उद्धृत गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिक रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार बाँदरको टोकाइबाट लाग्ने क्यान्सर र एचआइभी एड्सको उच्च जोखिम छ।
पशुपति र स्वयम्भूका बाँदरहरु मान्छेदेखि डराउँदैनन्। उल्टै मानिसलाई नै आक्रमण गर्न आउँछन्। बाँदरले टोकेका ५ जना बिरामी दैनिक टेकु अस्पताल पुग्ने गरेका छन्।नयाँ पत्रिकाबाट