Aamsanchar

स्थानीय तहले आजदेखि औपचारिक रुपमा काम थाले

Author Image
मङ्गलवार, चैत १, २०७३

काठमाडौं।

नयाँ संविधानमा व्यवस्था भएबमोजिम स्थानीय तहले आजबाट औपचारिक रुपमा काम थाल्ने भएका छन् ।

सरकारले शुक्रबार स्थानीय निकायलाई तहमा रुपान्तरण गरेकाले मंगलबारदेखि स्थानीय तहले कार्यालय स्थापना गरेर सेवा सुरु गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुर महानगरपालिकाको उद्घाटनसँगै देशैभरका स्थानीय तहले सेवा शुरु गरिएको स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

संविधानले स्थानीय तह, प्रदेश र संघ गरी राज्यलाई तीन तहमा निर्धारण गरेको छ । स्थानीय पुनर्संरचना आयोगले दिएको प्रतिवेदनलाई परिमार्जन गर्दै सरकारले देशभर सात सय ४४ वटा स्थानीय तह निर्धारण गरेको छ ।

स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनका लागि चाहिने कर्मचारी व्यवस्थापन गरेको छ । महानगरपालिकामा सहसचिव, उपमहानगरपालिका र नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृतले कार्यालय प्रमुखको रुपमा काम गरेका छन् । ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)