Aamsanchar

होलीमा यस्तो कहिले देखिएकै थिएन

Author Image
मङ्गलवार, चैत १, २०७३

पछिल्लो बर्ष यता रंगको पर्व फागुपुर्णिमा (होली पर्व ) नेपालमा धुमधाम बनाउन थालिएको छ । विशेषगरी तराईका जिल्लामा भव्य रुपमा मनाईने होली यस बर्ष झापामा बढो धुमधामका साथ मनाईयो। विषेशगरी झापाको मुख्य केन्द्र विन्दुमा यस बर्ष होलीको माहोल उत्कर्षमा पुगेको थियो ।
होलीको दिन विर्तामोडको टोल टोल र मुख्य सडक किनार, सनिस्चरे रोड, भद्रपुर रोड, मेघा कम्प्लेस, हनुमान सेन्ट्रल, अतिथि सदन मार्गमा पण्डाल र स्टेज बनाएर नाचगान गर्ने व्यवस्था मिलाईएको थियो ।
सेन्टर पईन्ट पाटी प्यालेस, हवी स्वईमिङपुल, अञ्जिली ओभरसिज लगायत धेरै ठाउ“मा सामुहिक रुपमा विर्तामोड वासीले होली मनाएका थिए ।

सहरमा कोही आफूलाई चिन्नै नसक्ने बनाएर बहुरुपी रुप धारण गरेका देखिन्थे भने कोही नाचगानामा मस्त थिए । कोही सामान्य रंग दलेर साथीभाई संग आत्मियता ब“ढी रहेका भेटिन्थे ।
विर्तामोड परिसरमा होली मनाईने क्रममा खिचिएका केही तस्वीरहरु ।

तस्वीरहरु : विनोद पाण्डे(कमल) आमसंचार

Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
सोमवार, पौष १४, २०८२