Aamsanchar

झापा गोल्डकपको आय–व्यय सार्वजनिक

Author Image
मङ्गलवार, चैत १, २०७३

बिर्तामोड ।

मोफसलकै सर्वाधिक पुरस्कार राशिको दोस्रो रमपम झापा गोल्डकपको आय–व्यय विवरण मङ्गलबार सार्वजनिक गरिएको छ ।
गोल्डकप मूल आयोजक समितिले झापाको पर्यटकीयस्थल जामुनखाडीमा एक कार्यक्रमको आयोजना गरी हिसाब सार्वजनिक गरेको हो । मूल आयोजक समितिका कोषाध्यक्ष केदार गिरीले गोल्डकपबाट ५६ लाख २१ हजार ५३२ रुपैयाँ नाफा भएको प्रतिवेदन प्रस्तुत गरे । आर्थिक प्रतिवेदनअनुसार दोस्रो रमपम झापा गोल्डकपमा १ क

रोड ४४ लाख ९३ हजार २५६ रुपैयाँ आम्दानी र ८८ लाख ७१ हजार ७२४ रुपैयाँ खर्च भएको छ ।
दोस्रो संस्करणको झापा गोल्डकप गत माघ १५ देखि २४ गतेसम्म बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन भएको थियो ।

७ लाख पुरस्कार राशिको प्रतियोगिताको उपाधि मनाङ मस्र्याङ्दीले जित्दा आयोजक टोली झापा–११ उपविजेता बन्दै नगद ३ लाख ५० हजारमा चित्त बुझाएको थियो । मूल आयोजक समितिले यसपटक झापा गोल्डकपको सम्पूर्ण विवरण समेटेर ३६ पेजको स्मारिकासमेत प्रकाशन गरेको छ ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै झापा–११ का अध्यक्ष एवम् एन्फाका केन्द्रीय सदस्य जलकुमार गुरुङले घरेलु टोली झापा–११ चर्चाको शिखरमा पुगेको बताए । आगामी दिनमा झापा ११ ले विदेशी क्लबहरुसँग पनि फुटबल खेल्ने गुरुङले जानकारी गराए ।
झापा गोल्डकप मूल आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सांसद् सुधीरकुमार शिवाकोटी, काङ्ग्रेस झापाका निवर्तमान उपसभापति देउमान थेबे, एमाले झापाका अध्यक्ष चिन्तन पाठक लगायतले बोलेका थिए ।
आयोजक समितिका उपाध्यक्ष बलराम कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ झापाका सहसचिब केशव भट्टराईले गरेका थिए ।

खेलाडीलाई बोनस
दोस्रो रमपम झापा गोल्डकपमा उपविजेता बनेको घरेलु टोली झापा–११ का खेलाडीलाई बोनस रकम वितरण गरिएको छ । मङ्गलबार गोल्डकपको आय–व्यय सार्वजनिक कार्यक्रममा झापा–११ का खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिएको हो ।

गोल्डकप आयोजना भएकै बेला गोल्डकप मूल आयोजक समितिले झापा–११ ले उपाधि जीते खेलाडीलाई जनही ५० हजार र उपविजेता बने २५ हजार रुपैयाँ दिने घोषणा गरेको थियो ।

मङ्गलबार पैसा पाएपछि झापा–११ का खेलाडी निकै खुशी देखिन्थे ।

प्रवेशलाई मोटरसाइकल
झापा–११ का कप्तान प्रवेश कटुवाललाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । दोस्रो रमपम झापा गोल्डकप मूल आयोजक समितिले प्रवेशलाई अवार्डस्वरुप मोटरसाइकल प्रदान ग¥यो ।

२०३६ सालमा जन्मिएका प्रवेशले झापाको फुटबल विकासमा उल्लेख्य योगदान पु¥याएका छन् । प्रवेशकै कप्तानीमा झापा–११ ले दर्जनौँ उपाधि जीतेको छ ।
अवार्ड पाएपछि प्रवेशले झापामा पनि प्रत्येक वर्ष लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनुपर्ने धारणा राखे ।

Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर