Aamsanchar

पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

Author Image
मङ्गलवार, चैत १, २०७३

बिर्तामोड ।

लिम्वुवान नेता लाजेहाङ साम्यूलाई पितृ शोक परेको छ ।

बिर्तामोडमा सोमबार साँझ पिकअपको ठक्करबाट उनका वुवा ६७ वर्षीय तीलवहादुर लिम्बूको मृत्यु भएको हो । लिम्बूलाई सोमवार साँझ ७ बजे विर्तामोड नगरपालिका – ६ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पिकअपले ठक्कर दिंदा गम्भीर घाइते भएका थिए ।

घाइते लिम्बुलाई उपचाकालागी विएनसी अस्पताल लगिएको थियो। उनको सोही अस्पतालमा उपचार हुँदा हुँदै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Views: 170

प्रतिक्रिया (०)