Aamsanchar

सीमा नाकामा पाँच दिनदेखि सवारी आवागमन ठप्प

Author Image
बुधवार, चैत २, २०७३

कञ्चनपुर।

कञ्चनपुरको पश्चिमी सीमा नाकामा पाँच दिनदेखि सवारी आवागमन ठप्प भएको छ ।

गत बिहीबार पुनर्वास नगरपालिकामा भएको घटनापछि पश्चिमी नाका गड्डाचौकी–बनवासाबीच पर्ने सीमा क्षेत्रबाट दुबै देशका सवारी साधनमा भारतीय पक्षले रोक लगाएको हो । सवारी साधनमा रोक लगाएपछि दुबै देशका नागरिकलाई आवातजावतमा असहज भएको छ ।

भारतबाट काम गरी फर्कने नेपाली बनवासाबाट गड्डाचौकीसम्म पैदल हिंडेरै आउन बाध्य भएका छन् । सवारी साधनमा क्षति हुन सक्ने भन्दै भारतीय पक्षले सवारी साधन आवागमनमा रोक लगाएको र अझै स्थिति सामान्य नभएकाले यसबारेमा पहल नगरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

बिहीबार पुनर्वासमा भएको आन्दोलनमा भारतीय सीमा सुरक्षा बलका प्रहरीले गोली चलाउँदा स्थानीय गोविन्द गौतम मारिएका थिए । त्यसपछि तनाव सिर्जना हुँदा आक्रोशित प्रदर्शनकारीले भारतीय नम्बर प्लेटका सवारी साधनमा आगजनी र तोडफोड गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर