प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चाका नेताहरुलाई छलफलमा बोलाएका छन् ।
उपेन्द्र यादव, महेन्द्र राय यादव लगायतका मोर्चाका नेताहरु प्रधानमन्त्री कार्यालयमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीले छलफलका लागि बोलाएकाले गएको तमसपा अध्यक्ष यादवले जानकारी दिए ।
मधेसी मोर्चामा आवद्ध चार दलले बिहीबार मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरु पनि पुगेका छन् ।
यसअघि बुधबार भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले सीमांकनबारे आयोगमार्फत टुंगो लगाउने र बाँकी विषयमा संविधान संशोधन गर्ने प्रस्ताव राखेका तिए ।
तर, मधेसी मोर्चाले प्रचण्डको प्रस्ताव अस्वीकार गर्दै असहयोग आन्दोलन घोषणा गरेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 156