थरुहट मधेशी संयुक्त लोकतान्त्रिक मोर्चा नवलपरासीले आज निर्वाचन कार्यालयद्धारा आव्हान गरिएको सर्वदलिय बैठक बहिष्कार गरेको छ ।
सरकारले संविधान संसोधन मार्फत मधेशी मोर्चाको जायज मागलाई सम्बोधन नगरेसम्म यस जिल्लामा स्थानिय चुनाव मात्र होईन कुनै प्रकारको चुनाव हुन नदिने निर्वाचन कार्यालयलाई चेतावनी थियो । मोर्चाले जिल्लाका पुराना गाविस, नगरपालिकालाई नयाँ नगरपालिका, गाउँपालिका र वडा कार्यालयको रुपमा संचालनमा ल्याउन दिने छैनांै, कार्यालयहरुमा झुण्डाईने बोर्ड, बनाईने लेटरप्याड, छाप, च्यानिते र तोडफोड गर्ने चेतावनी दिएको छ ।
मोर्चाले आईतबारदेखि जिल्लामा आन्दोलन घोषणा गर्दै गाउ गाउमा मधेश र स्थानिय चुनावका विषयमा जागरण अभियान लिई घरदैलो कार्यक्रम छ । मधेशका सबै नयाँ गाउँपालिका, नगरपालिका र वडा कार्यालयका कामकाजहरु ठप्प पार्ने जानकारी समेत दिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 202