Aamsanchar

सुस्त श्रवण भएका ९ जना विद्यार्थी इसईईमा सहभागी

Author Image
शुक्रवार, चैत ४, २०७३

झापा ।

एसलसीबाट रुपान्तरित माध्यमिक शिक्षा परीक्षा (एसईई) मा झापाबाट सुस्त श्रवण भएका र दृष्टिविहीन गरी ९ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।
सरस्वती माविबाट सुस्त श्रवण भएका ९ जना विद्यार्थी परीक्षामा सहभागी भएका हुन् । सुरुङ्गाको कनकाई माध्यमिक अध्ययनरत उनीहरुले यो परीक्षा केन्द्रबाट परीक्षा दिएको जिल्ला शिक्षा कार्यालय झापाले जनाएको छ । सुस्त श्रवण विद्यार्थीले एसईई परीक्षा लेख्ने यो पूर्वाञ्चलमा एक मात्र केन्द्र भएको विशेष शिक्षक वेधनिधि खतिवडाले दावी समेत गर्नुभयो ।
पहिलो दिन १६१ परीक्षार्थी अनुपस्थित
विहीवार पहिलो दिन भएको इसईई परीक्षामा १६१ जना अनुपस्थित भएका छन् । जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद वरालका अनुसार पहिलो दिनको परीक्षा १४ हजार ४ सय १८ जनाले मात्र लेखेका छन् । झापामा रहेका ५३ वटा केन्द्र मार्फत ३०४ वटा माध्यमिक विद्यालयका विद्यार्थीले परीक्षा लेख्दैछन् ।
३२१ विद्यार्थी परीक्षा दिनबाट वञ्चित
हाजिरी नपुगेका कारण र राजश्व नवुझाउँदा झापाबाट ३२१ विद्यार्थी एसईई परीक्षा दिनबाट वञ्चित भएका छन् । नियमित विद्यालय नआएका कारण उनीहरुको हाजिरी नपुगेको र परीक्षा दिनबाट बञ्चित हुनुपरेको जिल्ला शिक्षा अधिकारी वरालले बताउनुभयो ।

Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर