Aamsanchar

सामारिकालाई चाहिएछ जनताको साथ

Author Image
शुक्रवार, चैत ४, २०७३

 हरेक मानिसमा केही न केही अन्तरनिहित क्षमता हुन्छ । तर सबैले उजागर गर्न सक्दैनन तर केहिले भने अन्तरनिहीत क्षमता र कलालाई साधनावाट निखार गरेर आफुलाई समाजमा स्थापित गर्छन ।
झापा बुधबारेकी सामारिका ढकाल अहिले आफ्नो  प्रतिभा प्रस्र्पोटन गर्ने अभियानमा जुटेकी छिन । एन टिभी प्लस र नेपाल वानवाट प्रस्तुत लेट मि डान्स रियालिटी शो मार्फत उनि आफ्नो कलालाई तिर्खादै छिन।
सानै उमेर देखि नृत्यकलामा झुकाव राख्दै विद्यालय र गाउ“ समाजमा अनगन्य नृत्य गर्दै आउने क्रममा उनी लेट मि डान्समा भागलिन पुगिन, प्रथम छनौटमै उत्कृष्ट नृत्य प्रस्तुत गरेर निर्णायकको मन जित्न सफल बनेकी सामारिका त्यस पछीका शो मा पनि उत्कृष्ट बन्दै गईन ।

पढाईमा अव्वल, सामाजिक कार्यगर्न रुची राख्ने ढकाल झापामा कृयाशिल युवाहरुको संजाल नेप्लीज टिन्सकी सकृय सदस्य पनी हुन । बुधबारेको ज्योती अंग्रेजी, कर्णली उच्च मावि हुदै बुधबारेकै जयपुर उच्च मावि वाट एस एल सी उत्रीण गरेकी सामारिका हाल बुद्ध आर्दश उच्च माध्यमिकमा कक्षा ११ की अध्ययनरत छात्रा हुन ।

बुधबारेमा लामो समयदेखि फोटोग्राफी व्यवसय गर्दै आएका सामारिका पिता घनश्याम र माता छविका ढकालकी कान्छी छोरी हुन सामारिका।  सामान्य आर्थिक अवस्था भएको उनको परिवार अव सामारिकालाई आर्थिक अभावकै कारण फाईनल सम्म पुराउन नसक्ने भएको हुँदा दुखी र निरास बनेर भन्छन  उनका पिता , आफ्नो मेहनत, परिवार र शुभचिन्तक, दर्शकको हौसलाले अहिले सम्म लक्ष्यको खुड्किला उक्लदै आएकी सामारिकालाई अव भोटिङको बारले रोक्छकी ।
एकजनाले जतिपनी भोट गर्न मिल्ने निमयका साथ आयोजकले अवको छनौट प्रकृया एस एम एस भोटिङ प्रणाली लागु गरेपछि सामारिका पनि  निरासामा परेकी छिन ।

निरासा संगै उनीमा आशाको दियो पनि बली रहेको छ । उनको आशाको दियो भनेको आम नेपाली जनाता हुन ।
नृत्यकला मार्फत मेची अञ्चल र झापाकै नामलाई देशभरी चिनाउने दृढ विश्वासका साथ अघी बढेको बताउने सामारिका सबैमा भन्छीन मलाई भोट गरेर सहयोग गरिदिनुहोस् । उनले पूर्वाञ्चल संग भाभुक मुद्रामा भनिन मलाई आम जनताले भोट गरेर साथ सहयोग गर्नुहुन्छ भन्ने आशा राखेको छु ।

  सामारिका (संगिना) लाई भोटिङ गर्ने तरिका

  lmd 12 लेखी  33001 म्यासेज गर्नुपर्ने हुन्छ । 
     प्रस्तुति : विनोद पाण्डे (कमल)

Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर