Aamsanchar

रंगीन बन्दैछ अस्ट्रेलियाको समुद्र

Author Image
शुक्रवार, चैत ४, २०७३

तास्मानिया – अस्ट्रेलियाको तास्मानिया राज्यमा रहेको समुद्री तटमा यतिबेला अनौठो दृश्य देख्न पाइन्छ । प्रिर्जभेसन बेमा अल्गाल ब्लुमका कारण तटीय क्षेत्रको समुद्र निलो देखिने गरेको छ ।

विज्ञका अनुसार यो प्राकृतिक घटना स–साना जीवहरुले आफ्नो रक्षाका लागि शरीरलाई चम्किलो बनाउँदा हुने बताउँछन् । स्थीर पानीमा यस्तो दखिने गरिन्छ ।


यो विशालु नभएपनि केहीको छालामा यसले असर पुर्याउन सक्छ ।उक्त जीवको वैज्ञानिक नाम नोटटिलुका साइन्टिलान्स हो । यसले आफूलाई जोगाउन बायोलुमिनिसेन्स प्रयोग गर्ने प्राध्यापक गुस्ताफ हेलेग्राफले बताउँछन् ।


सन् २०१२ मा सिड्नीको चर्चित बोन्डी तट यस्तै जीवका कारण रातो भएपछि बन्द गर्नु परेको थियो । गत महिना मेलबोर्नको वेस्ट गेट पार्क तालको पानी धेरै नुनको मात्रा र उच्च तापक्रमका कारण गुलाबी बनेको थियो ।

Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर