Aamsanchar

सुन्दासुन्दै गीत संगीतप्रति झुकाव-केरुङ

Author Image
शुक्रवार, चैत ४, २०७३

चिल्लो कारमा चढेर हिंड्ने, आफ्नो घरमा मार्वल ढुङ्गाले छाप्न श्रीमतीलाई सुनका मुन्द्री, ढुङ्ग्री र बुलाकीले सजाउने, जीवनलाई सौखिन बनाउने इच्छा कसको हुँदैंन ।

गाँउघरका सबै युवा पुस्ता आफ्नो अध्ययन चरणहरुलाई थाती राखेर विदेशका खाडी मुलुकमा गई परिवारलाई सुखी राख्ने विचार लिएर पूर्वी नेपालको पाँचथर जिल्ला मेम्बेङ – २ निवासी बुबा बौद्धराज केरुङ तथा आमा सुकरानी आङथोपु केरुङका जेठा छोराको रुपमा वि.सं. २०४३ पौष ११ मा जन्मि आधारभूत तह हुँदैं पाँचथर बहुमुखी क्याम्पसमा अध्ययन गर्दागर्दै अध्ययनका निम्ति खर्चको अभावले खाडी मुलुकमा पैसा कमाउने इच्छाले राहदानी गोजीमा लिएर राजधानी हानिएका राजेन्द्र केरुङ १० वर्षपछि खाडी मुलुक नपुगी राजधानीमै गुमनाम रही एकैचोटी गीत संगीतमा उच्च शिक्षा हासिल गरी पैसाको साटो “मिङ्सो” नामक किराँत मुन्धुमी एल्बम भिडियो गिती संग्रह लिइ आफ्नै गाँउबेंसीमा कोसेली लिएर आउँदा झापाको शिवसताक्षी दूधेमा आमसञ्चारकर्मी शान्तिराम बस्नेतसंगको भलाकुसारी-
१. परिचय बाटै सुरू गरौं ।
सेवारो, नमस्कार म राजेन्द्र केरुङ, मेमेङ-४ पान्थर, हाल काठमाडौ बस्छु ।
२. के गर्दै हुनुहुन्छ आजकल ?
हाल म पत्रकारिता विषयमा स्नातक तह अध्ययरत छु । विषय तथा सोख मेरो मिडिया तिर नै हो तर हाल संगीत र पढाई दुबैलाई नै अगाडि बढाइरहेको छु ।
३. पत्रकार मान्छे, पत्रकारिता क्षेत्रबाट संगीत क्षेत्र लाग्न कसरी प्रेरित हुनुभयो ?
गाँउघर मेलापात, हाटबजारमा गाइने, सुनिने पालाम (हाक्पारे) रेडियोहरुमा बज्ने अग्रज गायक गायिकाहरुकै गीत सुन्दासुन्दै गीत संगीतप्रति झुकाव बढेको हो ।
४. कस्तो छ तपाईले बुझेको नेपाली संगीत क्षेत्र ?
एक शताब्दी पूरा गरेको नेपाली संगीत क्षेत्र मा निक्कै उतारचढाव आइरहेको छ । आदि गायक सेतुराम बाट सुरु भएको नेपाली संगीत अहिले यो अवस्था सम्म आइपुग्दा झन उर्बर बन्दै गएको छ । यसप्रति झुकाब राख्ने कलाकर्मी, श्रोता दर्शकहरुको संख्या अझ बढदो छ ।

संगीत पुर्ण व्यावसायिक बन्दै गएको छ । बार्षिक करोडौं लगानी हुन्छ । ग्रामोफोन, क्यासेट हुँदै डिजिटल मार्केटसम्म आइपुगेको छ तर कपिराइट, पाइरेसीले भने सर्जक लगानीकर्ता हरु भने मारमा पर्नुपर्ने अवस्था छ ।
५. सांगीतिक यात्राको थालनी कसरी गर्नु भो नि?
गाँउघर तिर हुने सानोतिनो स्टेज कार्यक्रमहरु मा गाइन्थ्यो तर बि.सं. २०६७ देखि संगीत गुरु बिनय बर्मा संग औपचारिक संगीत शिक्षा सुरु गरेर भर्खरै इलाहाबाद विश्वविद्यालयबाट (संगीत प्रभाकर) गरेको छु भने स्व. सन्तोष वर्मा र जगन्नाथ धौगोडा संग तीन वर्षे तबला वादनको पनि ज्ञान लिएको छु भने पहिलो रेकर्डिङ ०७० मा अनन्य मित्र कुलुङ अजय अलङ्कारको “सानिवा” एल्बमको शिर्ष गितबाट भएको हो ।
६. आर्थिक रुपमा कमजोर छ नेपाली संगीत क्षेत्र भन्नेहरु नै बढि छन् भन्छन् नि के छ त तपाँईंको धारणा ?
माथी नै भनिसके अहिले संगीत क्षेत्रले अघोषित रुपमा करोडौं लगानी संगै राष्ट्रलाई कर बुझाइरहेको छ । पछिल्लो समय ८०% बढी प्रवासमा रहनुहुने नेपाली सर्जक, लगानीकर्ताहरुले धानिरहनुभएको छ तर यसको सहि सुरक्षा, स्पष्ट सरकारी नीति नहुदा नाम, रहर मै चित्त बुझाउनुपर्ने अवस्था छ ।
७. अनि आफ्नो भाषा सस्ंकृतिकै नाम बाट एल्बम निकाल्नु भएछ, के हो त्यसको अर्थ ?
नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो । यहाँ बसोबास गर्ने १२५ जात–जातीका १२३ मातृभाषाहरु बोलिन्छन् । ती मध्ये किरात लिम्बू भाषा एक हो । म आफै किरात लिम्बू सम्प्रदायको भएको हुनाले पहिलो मेरो कर्तव्य आफ्नो मौलिक गित–संगीत, भाषा, संस्कृतिको उत्थान गर्नु हो ।

यहि प्रयास स्वरुप किरात सस्कृतिमुलक भिडियो एल्बम (मिङ्सो) भर्खरै बजार मा लिएर आएको छु । यो विशुद्ध आफ्नो समुदायप्रति सानो योगदान भन्ने ठान्छु । मिङ्सोको नेपाली अर्थ चाहिँ प्रख्याती, सुवास, स्वीकृति भन्ने हुन्छ ।
८. राष्ट्रिय भाषाबाट पुरै एल्मब चाहिं बिचार के छ ?
मैले अहिलेसम्म कुलुङ ,लिम्बू र नेपाली गरि १ दर्जन गित गाएको छु अब भने नेपाली मै पनि एल्बम गर्ने योजनामा छु ।
९. सुरुमा रहर लागेर एल्बम निकाल्न शहर पस्ने अनि असफल बनेका उदाहरण निकै छन् । तपाईं के भन्नुहुन्छ ?
गीत संगीत सुन्दा जति सजिलो र आनन्द आउँछ तर त्यति सरल, सहज विषय होइन । अत्यन्तै चुनौती, कडा साधना, त्याग, निरन्तरता चाहिन्छ । पर्याप्त समय, मजबुत आर्थिक धरातल, सहि साङ्गगितिक ज्ञान विना राजधानीमा टिक्न त्यति सहज छैन । यो सबै कलाकर्मी को साझा समस्या हा े।
१०. एउटा नेपाली गीत पनि गाउनु भएछ । “विदेशिने रहरै” भन्ने । के छ त्यस्तो त्यो गीतमा जुन जीवनकै पहिलो पटक एल्बममा समावेश भयो ?
हजुर ! ३ बर्ष अघि सहकर्मी बिजय फागो, उषा राई, उषा पोख्रेल हामी मिलेर “बिदेशिने रहरै” बोलको पुर्बेली लोकगित गाएका थियौ । अत्यन्तै मन पराइदिनुभएको छ । उक्त गीतमा अहिलेको नेपाली जनजीवनको यथार्थता झल्किएको छ ।

आर्थिक कमजोरीका कारण आफ्नो घर परिवार र मायालुसंग छुट्टिएर बिदेशिनु पर्दाको पिडालाइ दर्शाइएको गित भएको हुनाले धेरै श्रोता हरुले रुचाइदिनुभएको छ ।
११. अन्तमा के भन्न चाहानुहुन्छ ?
पूर्वाञ्चलका अत्यन्तै रमण्ीाय स्थलहरुमा छायाङ्कन गरिएको मौलिक, संस्कृतिमूलक भिडियो एल्बम “मिङ्सो” लिएर यहाँहरु माझ लिएर आएको छु ।

भाषिक र गैर भाषिकहरुको लागि नेपाली, अंग्रेजी अनुवाद सहित रहेकोले हेरेर अमूल्य सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछु । गीत, संगीत र कलाकारलाई माया गरिदिनुहोला । अन्त्यमा, पहिलो भेटमै यो महत्वपूर्ण समय र स्थान को लागि तपाई र तपाँईं कार्यरत सञ्चार संस्थालाई हार्दिक धन्यवाद अनि आभार ब्यक्त गर्दछु । सेवारो ।।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर