Aamsanchar

नदीजन्य सामग्री उत्खनन्मा अझै समस्या

Author Image
शनिवार, चैत ५, २०७३

(अमित खम्बू)

अर्जुनधारा।

नदीजन्य सामग्री उत्खनन्मा जेसीभी प्रयोगको बिरोध गर्दै झापा अर्जुनधारा–१का बासिन्दाले विहीबारसाँझ नियन्त्रणमा लिएको जेसीभी प्रहरी समक्ष बुझाएका छन् ।
स्थानीय हचुमासा सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा शुक्रबार सम्पन्न सर्वपक्षीय भेलाले स्थानीयहरुसँगको सहमति बिना नदीमा ठेकेदारले जेसीभी लगाउन नपाउने सहमतिपछि प्रहरी समक्ष बुझाएको बिरीङ नदी संरक्षण समितिका सदस्य रामबहादुर निरौलाले बताए । सहमतिमा स्थानीयकोतर्फबाट बिरीङ खोला संरक्षण समितिका अध्यक्ष खगेन्द्रप्रसाद काफ्ले र इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक प्रकाश जवेगूले हस्ताक्षर गरेका छन् ।
यता प्रहरी प्रशासनले बुझेको सो जेसीभी सहमति पत्रमा उल्लेखित सहमति अनुसार ठेकेदार पक्षलाई बुझाइसकेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक जवेगूले बताए ।
यसैबीच जिल्ला विकास समिति झापाबाट नदीजन्य सामग्री उत्खनन्को ठेक्का पाएकोे जे एण्ड जे कन्स्ट्रक्सन प्रालिले नम्बर प्लेट नभएको जेसीभी प्रयोग गर्ने गरेको खुलासा भएको छ । नदीजन्य सामग्री उत्खनन्को क्रममा स्थानीयले नियन्त्रणमा लिइएको सो जेसीभीको मोडल जेएस १४० भएको तर नम्बर प्लेट नभएको स्वयम् जेसीभी चालक मुकुन्द अर्यालले स्वीकारेका छन् । ठेकेदार राजकुमार थापाले कम्पनीबाट उक्त जेसीभी भर्खरै खरिद गरी ल्याई नामसारी हुने प्रक्रियामा रहेकाले ‘अन टेस्ट’ मै सञ्चालन भएको जनाए ।
उता जेसीभी स्थानीयहरुद्वारा नियन्त्रणमा लिइएको विषयमा जे एण्ड जे कन्स्ट्रक्सन प्रालिका सञ्चालक राजकुमार थापाले स्थानीय रामबहादुर निरौलालाई फोनमार्फत ज्यान मार्ने धम्की दिएको निरौलाले बताएका छन् । ठेकेदार थापाले भने आफूले निरौलालाई त्यस्तो धम्की नदिएको तर जेसीभी अपहरण गरेर लैजाने व्यक्तिलाई भने नछोड्ने चेतावनी दिएको बताए ।
बिरीङ खोला संरक्षण समितिको नेतृत्वमा नदीमा नदीजन्य सामग्री उत्खनन् पूर्णरुपमा बन्द हुनुपर्ने माग राख्दै स्थानीयले शुक्रबारै ¥याली प्रदर्शन गरेका थिए । खोलामा सञ्चालित जेसीभी नियन्त्रणमा लिएको विषयमा ठेकेदार थापाले आफूले राज्यको नियम कानून अनुसार काम गरेको बताउँदै हुलहुज्जतले कानूनी राज्यमा काम रोक्दा कानून किन निरीह बनेको भनी प्रश्न गरेका उनले जिविसबाट ठेक्का पाएर आफूले विरीङ नदी उत्खनन् गर्ने अनुमति लिएको दावी गरेका छन् ।

‘यदि मैले उत्खनन् गर्न नपाउने हो भने मेरो ठेक्का रकम फिर्ताका लागि पनि स्थानीयले नै पहल गरिदिनु प¥यो’– ठेकेदार थापाले भने– ‘स्थानीय प्रशासनको अनुमतिमा शुरु गरिएको काममा अवरोध गर्दै अपहरण शैलीमा जेसीभी लगी सिसा समेत फुटाएको घटनाको जिम्मेवारी र क्षतिपूर्ति कसले दिने ?
उक्त स्थानमा नदी उत्खनन्का लागि स्थानीयसँग विवाद हुँदै आएको छ । गत फागुन २५ गते जिल्ला अनुगमन तथा समन्वय समितिको निर्णय अनुसार आर्थिक बर्ष ०७३÷०७४मा ठेक्का लागिसकेको विरीङ नदीको होक्से क्षेत्र ९ साधुटार दक्षिण०बाट नदीजन्य सामग्री उत्खनन् तथा संकलन तोकिएको मापदण्डमा रहेर मध्यम भागबाट गर्न ठेकेदारलाई अनुमति दिइएको छ ।

जिल्ला समन्वय समितिको कार्यालय झापाले दिएको अनुमतिमा स्थानीय सरोकारवाला सम्मिलित अनुगमन समितिको प्रत्यक्ष, सम्पर्क र समन्वयमा रही उत्खनन्, संकलन कार्य शुरु गर्न भनिएको स्थानीय विकास अधिकारी खेमराज ओझाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । स्थानीय प्रशासनले अनुमति दिए पनि उक्त स्थानबाट सहज रुपमा उत्खनन् कार्य हुन सकेको छैन ।

Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर