(नरेन्द्र ढकाल)
झापा । 
वि.सं.२०७२ साल वैशाख १२ गते गएको विनासकारी भुकम्पका कारण अझै पनि धेरै मानिसले पालमुनी बस्नुपर्ने बाध्यता रहेको छ । भुकम्पका समयमा धेरैले ज्यान गुमाउनु परेको थियो भने धेरै मानिस अंगभंग भएका थिए । तत्कालिन समयमा रगतको अभाव भएपछि रक्तदान नै जीवनदान हो भन्ने सन्देश फैल्याउन एक झापालीले विश्व साइकल यात्रा मार्फत सन्देश फैल्याउने उद्धेश्यले हाल साइकल यात्रालाई निरन्तरता दिइरहेका छन् ।
प्रेम मुसिएको असल कार्यद्धारा संसारमा चिनिन सकिन्छ भन्दै ՚विश्व साइकल यात्रालाई निरन्तरता दिएको झापा कनकाई नगरपालीका–७ का युवराज मैनालीले बताए । नेपालका बिभिन्न ठाउँमा रक्तदाको लागि प्रेरणादाइ यात्रा गरेका मैनालीले विदेशमा पनि उक्त सन्देश फैल्याउन विश्व साइकल यात्रामा निस्किएको जानकारी दिए । आमाको प्रेरणाबाट सुर्कम र असल कार्यद्धारा संसारको मन जित्न सकिन्छ भनेर आफु विश्व साइकल यात्रामा निस्किएको मैनालीको भनाई छ । नेपाल गरिव र कमजोरदेश भएपनि आत्मिक रुपमा धनी छ भन्ने संदेश नेपालले नेपालीलाई मात्रै नभई संसारका सबै जातिलाई माया गर्छ भन्ने संदेश दिन पनि विश्व साइकल यात्रा प्रेरक बन्ने उनले बताए ।
जुनुकै समयमा पनि संसारको कुनै पनिदेशमा प्राकृतिक बिपती आउन सक्ने भएकाले उक्त समयमा रगतको अभावले कसैले पनि ज्यान गुमाउनु नपरोस भनेर आफुले रत्तलदान नै जीवनदान हो भनेर साइकल मार्फत सन्देश लिएर हिडेको बताए । यात्रामा संसारलाई नेपालको पहिचान र नेपालीहरुको साहसीककार्य स्मरण गराउनु पनि मुख्य उद्धेश्य रहेको उनको भनाई छ । पछिल्लो समय देशमा देखिएको संकटलाई समाधान गर्नका लागी नेपालीले सक्छन भन्ने सन्देश दिन पनि साइकल यात्रा फदायी हुने मैनालीले बताए ।
लामो समयपछि नेपाल र नेपालीले पाएको नयाँ सबिधान अब सबै मिलेर कार्यानयन गराउन तर्फ जनदबाब दिनुपर्ने उनको भनाई छ । विदेशमा रहेका नेपालीले पनि नेपालमा भएको घटनालाई नियाल्दै नेताहरुलाई खबरदारी गर्न पनि जागरुक बनाउनु आफ्नो साइकल यात्राको मुख्य उद्धेश्य रहेको मैनालीले बताए । उनले दलगत सोच र जातीबादीबाट माथि उठेर राष्ट्र र राष्ट्रियताको विषयमा सबैले एक पटक सोच्नु पर्ने उनको भनाई छ ।
समाजमा कुनै पनि राम्रो काम गरेर पनि सकारात्मक ुन्देश दिन सकिन्छ भन्ने उद्धेश्यले आफुले साइकल यात्रा सुरु गरेको उनले बताए । उनले भारत, भुटान, श्रीलङ्का, माल्दिपस्, बंगलादेश, मलेसिया, कतार लगायतका देशहरुमा साइकल यात्रा गरिसकेको जानकारी दिए ।

उनले साइकल यात्राको क्रममा आफुले नेपालको बारेमा जनचेतना फैल्याउने काम गरेको बताए । बुद्धको देश नेपाल,सगरमाथाको देश नेपाल, स्वतन्त्रराष्ट्र नेपाल, हिमाल–पहाड–तराई मिलेर बसेको देश नेपाल, विभिन संस्कृति भएको देश नेपाल भन्ने सन्देश विदेशीहरुलाई दिएर नेपाल भ्रमणको निम्तो समेत दिने गरेको मैनालीले बताए । उनले अबको यात्रा भनेको युरोपीयन देशहरुमा हुने जानकारी समेत दिएका छन् । विदेशमा बसेर पनि नेपालका निम्ति केही गर्न त्यहाँका नेपालीलाई झक्झक्याउन आफुले पहल गर्ने मैनालीले जानकारी दिए ।

