Aamsanchar

घर बाटै पानी बोक्न विधार्थी बाध्य

Author Image
शनिवार, चैत ५, २०७३

[राजु पोख्र्रेल]
दमक ।

इलामका दक्षिणी क्षेत्रका विधार्थीहरु विद्यालय जाँदा पुस्तक मात्र होइन पुस्तकका साथ पानि पनि बोकेर जाने गरेका छन् । अधिकाश बिधालयमा पिउने पानीको अभाव भएकाले बिधार्थीमा यस्तो बाध्यता रहेको बताइएको छ ।

खानेपानी नभएकै कारण दानाबारी स्थित कन्काई मा वि र दीपज्योति प्रावि का विधार्थीहरु घर बाटै पानी बोक्न बाध्य छन् । गाँउबाट खोजेर एक गाग्रो पानि ल्याए पनि यो अपुग हुने गरेको सो बिधालयले जनाएको छ ।

शिक्षक खेमराज लिम्बुले तिर्खा लागेका बेला विधार्थी पानी खान नजिकको गाँउ जाने गरेकाले पढाइमा समेत सकस्या हुने बताए । पानी खान गएका बिधार्थी कक्षामा ढिलो गरेर आउने र कतिपय अवस्थामा खोज्न समेत जानु पर्ने उनले बताए । अत्यधिक बन फडानी र संरक्षण नहँुदा चुरे क्षेत्रमा खानेपानिको मुहान सुक्दै जान थालेपछि पानिको अभाव बढ्न थालेको हो ।

चुरै क्षेत्रमा पर्ने गाबिस चुलाचुली, दानाबारी महमाई , साकफारा , बाँझो गाबिस अहिले देखिन थालेको स्थानियले बताए । दानाबारीको २,३,४,६ र ७ नम्बर बडालाई समेटने गरि झन्डै दूई दशक अधि एसियाली बिकास बैँकको सहयोगमा १ करोड ६७ लाखको लागतमा निर्माण भएको झुत्रे खानेपानी आयोजना अन्र्गत सञ्चालन भएका चार सय २२ धारा मध्ये ८–१० धारामा मात्र मुस्किलले पानि आउने गरेको बताइएको छ ।
दानाबारीको ३ को गङ्खटे ९ को माझिटार र महमाईको कलकने चुलीका बासिन्दा अहिले खानेपानि अभावले गर्दा अत्याधिक मारमा परेका छन । खोला किनारमा खाल्डो खन्ने र ट्युबवेल गाडेर भए पनि पानीको समस्या टार्दै आएको दानाबारी ३ का सुर्य सूब्बाले बताएका छन ।

महमार्इको १,२ र ३ लाई लक्षित गरी सुनगाभा बिकास संस्था इलामले खानेपानी आयोजना निमाण सम्पन्न गरेपछि अहिले त्यहाँका बासिन्दाले केहि राहत महसुस गरेका छन् । ७ महिना अघि सम्पन्न भएको उक्त योजनाबाट ५२ वटा धारा सञ्चालन गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)