Aamsanchar

लिम्वुवान नेता छाराहाङ्को निधन

Author Image
शनिवार, चैत ५, २०७३

झापा ।

अरुणपूर्वका नौ जिल्लालाई ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बुवान राज्य घोषणा गरिनुपर्ने माग गर्दै आएका लिम्वुवानी नेता कमल छाराहाङको आज निधन भएको छ ।
धनकुटाको आठपरियामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्न जाने क्रममा उहाँलाई आज ह्रदयघात भएपछि मोरङको विराटनगरस्थित न्यूरो अस्पताल पु¥याईएको थियो । उहाँको उपचारकै क्रममा निधन भएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्वुवान मञ्च नेपालका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन मिराकले जानकारी दिनुभयो ।
उहाँले केही समय अघिमात्रै लिम्वुवान मुक्ति मोर्चा (संघीयवादी) पार्टी खोल्नु भएको थियो । उहाँ सो पार्टीको केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो ।
छाराहाङले संघीय लिम्बुवान पार्टी नेपालको असोज ४ देखि ८ गतेसम्म दमकमा भएको पहिलो एकताको महाधिवेशनबाट असन्तुष्टि जनाउँदै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्वुवान मञ्च नेपालबाट पार्टी परित्यागको घोषणा गर्नुभएको थियो ।
मोरङ स्थायी घर भएका छाराहाङले लामो समयदेखि अरुण पूर्वका ९ जिल्लालाई छुट्टै लिम्वुवान राज्य घोषणा ऐजेन्डालाई अघि सार्नु भएको थियो ।
संघीय लिम्बुवान पार्टी नेपालका सर्वोच्च नेता समेत रहनु भएका उहाँ यस अघि नेपाल राष्ट्रिय जनजाति पार्टीका संस्थापक, राष्ट्रिय जनमुक्ति पार्टीको संगठन विभाग प्रमुख, जनमुक्ति पार्टीको केन्द्रीय अध्यक्ष, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष, संघीय लोकतान्त्रिक पार्टीको अध्यक्ष हुनुहुन्थ्यो ।
छाराहाङका श्रीमती सहित दुई छोरा राजन, सुजन र एक छोरी सुनिता रहेका छन् ।
यसैबीच छाराहाङको निधन प्रति दुःख व्यक्त गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्वुवान मञ्च नेपालका केन्द्रीय अध्यक्ष लिङ्देनले उहाँको निधनले लिम्वुवान प्राप्तिको आन्दोलनमा ठूला धक्का पुगेको बताउनुभएको छ ।

Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर