Aamsanchar

वैशाख १० गतेदेखि मतदाता शिक्षा

Author Image
आइतवार, चैत ६, २०७३

काठमाडौं,

 निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आगामी वैशाख १० गतेदेखि निर्वाचन मतदाता शिक्षा सन्चालन गर्ने भएको छ ।

स्थानीय तहमा कसरी मतदान गर्न सिकाउन र बदर मत कम गर्नका लागि मतदाता शिक्षा सुरु गर्न थालिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी गराए ।

उनकाअनुसार एउटा वडामा तीनजना स्वयंसेवकले मतदातालाई मतदाता शिक्षा दिनेछन् ।मतदाता शिक्षाका लागि आयोगले ३२ जना उपसचिव र अधिकृतलाई मतदाता प्रशिक्षक प्रशिक्षण दिइसकेको छ ।

प्रवक्ता शर्माकाअनुसार मतदाता प्रशिक्षण लिएका कर्मचारीले जिल्लामा गइ प्रशिक्षण दिएपछि स्वयंसेवकले वडामा गइ मतदातालाई मतदाता शिक्षा दिनेछन् । उनले पहिलेकोभन्दा धेरै राजनीतिक दलले निर्वाचनमा भाग लिने भएकाले मतदातालाई मतदाता शिक्षा दिन आवश्यक भएको पनि बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर