झापा।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा(एमाले)को राष्ट्रवाद र मधेसवादी दलको मधेसवाद नेपालका लागि दुबै खतरनाक भएको आरोप लगाउनुभएको छ ।
आज झापाको बिर्तामोडमा नेपाली कांग्रेस झापाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले मुलुकको वास्तविकतालाई बिर्सिएर दुवै शक्ति लिँडेढिपीमा लागेका छन् भन्नुभयो ।
स्थानीयतहको निर्वाचन घोषित मितिमै हुने बताउदै उहाँले सबै कार्यकर्तालाई चुनावी रणनीति तयार गर्न आग्रह गर्नुभयो । चुनावले नै देशलाई निकास दिन्छ नेता पौडेलले भन्नुभयो–स्थानीय तहमा केन्द र प्रदेशको भन्दा बढी अधिकार भएकाले अधिकारका लागि चुनाब अपरिहार्य छ तसर्थ चुनाब जित्ने अठौटका साथ अघि बढ्नुहोस् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 177