Aamsanchar

राजश्व छल्न भन्सार कर्मचारीकै मिलेमतो

Author Image
सोमवार, चैत ७, २०७३

बिर्तामोड।

भन्सार कर्मचारीको मिलेमतोमा राजश्व छलेर दैनिक लाखौं मूल्य बराबरको सामान खुले आम नेपाल भित्रिने गरेको खुलासा भएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले डब्लूवी ७३ डी ५२६३ नम्बरको भारतीय गाडीमा नेपाल भित्र्याइएको सामान बुट्टाबारीबाट पक्राउ गरेसँगै यस्तो खुलासा भएको हो । प्रहरीको टोलीले आइतवार दिउँसो ल्याउँदै गरेको मोटरपाट्र्स र हार्डवेयरका सामान बरामद गरेको थियो । बरामद सामानको मूल्य एक लाख रुपैयाँ देखाएर भन्सार नेपाल भित्र्याइए पनि सो सामान २० लाख भन्दा रुपैयाँ बढीको भएको प्रहरी स्रोतको दावी छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक प्रकाश जवेगूका अनुसार भन्सार गरेर सामान भित्र्याइए पनि भन्सारको मूल्यभन्दा २० गुणा बढी सामान नेपाल आयात हुने गरेको छ । प्रहरीले बरामद गरेको सामग्रीलाई राजश्व कार्यालय इटहरी बुझाउने बताइएको छ ।
भन्सार कर्मचारीको मिलेमतोमा कम मूल्यको सामान देखाएर बढी मूल्यका सामग्री नेपाल आयात हुने गरेको स्वयम् भन्सार अधिकारीले स्वीकारेका छन् । नाम नबताउने शर्तमा भन्सार अधिकारीले भने कोही बिदामा बसे अर्को अधिकृतले आँखा चिम्लिएर व्यापारीसँगको मिलेमतोमा सामग्री छाड्छन् । भन्सार तिरेको सामग्री प्रहरीले समेत चेकजाँच नगर्ने भएकाले व्यापारीको मनोमानी छ– उनले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)