Aamsanchar

छैटौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सकियो

Author Image
सोमवार, चैत ७, २०७३

काठमाडौं।

छैटौँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला करिब रु २० करोडको कारोबार गर्दै आज समापन भयो ।

पाँचदिने उक्त मेला करिब दुई लाखले अवलोकन गरेका तथा झण्डै रु २० करोडको कारोबार भएको अनुमान मेला आयोजक नेपाल उद्योग वाणिज्य महासङ्घले गरेको छ ।  सातौँ अन्तर्राष्ट्रिय व्यापार मेला आगामी २०७४ को चैतमा नै आयोजना गर्ने निर्णय भएको र त्यसका लागि दुईसय वटा प्रदर्शनी स्टल आरक्षण भइसकेका महासङ्घका सञ्चार अधिकृत विदुर लामिछानेले बताउनुभयो । मेलामा उच्च हिमाली भेगका कृषि उत्पादन, जडीबुटीहरु तथा रोजगारी मेलामा धेरैको भीड लागेको थियो । तेत्तीसवटा रोजगारदाता कम्पनी सहभागी रोजगारी मेलामा ५०० जनाले रोजगारीका लागि आवेदन गर्ने अवसर पाएका थिए ।

नेपाली उत्पादन तथा सेवाहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्ने र अन्तर्राष्ट्रिय जगत्मा उद्योग व्यवसाय क्षेत्रले पछिल्लो पटक अवलम्वन गरीरहेको प्रविधिगत ज्ञान तथा संयुक्त सहकार्यका सम्भाव्यताका सम्बन्धमा स्वदेशी एवम् विदेशी उद्यमी व्यवसायीबीच अन्तरक्रियाका माध्यमबाट मुलुकभित्र उद्यम व्यवसाय विस्तारमा सघाउ पु¥याउने उद्देश्यले सरकारको सहयोगमा महाङ्घले करिब एक दशकदेखि काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको मेला आयोजना गर्दै आएको छ ।

यसैबीच, महासङ्घले अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माणसम्बन्धी सम्पूर्ण काम गर्ने जिम्मेवारी चैत ३ गतेको मन्त्रिपरिषद्ले वाणिज्य मन्त्रालयलाई दिएकोमा त्यसको स्वागत गरेको छ । महासङ्घ अध्यक्ष पशुपति मुरारकाले रासससँग भन्नुभयो¬ “निजी क्षेत्र उत्साहित छ, निर्णय शीघ्र कार्यान्वयन हुनेमा हामी विश्वस्त छौँ ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)