Aamsanchar

‘’झापाली समाज इजरायलको दोस्रो अधिवेशन सम्पन्न’’

Author Image
मङ्गलवार, चैत ८, २०७३

भरत शिवाकोटी

   [युएई]

विभिन्न देशहरुमा मुख्यतः सामाजिक सेवालाई आफ्नो लक्ष्य बनाएर गठन गरिएका झापाली समाजहरु पछिल्लो समयमा निक्कै धेरै गतिसिल बन्न थालेका छन र आफ्ना क्रियाकलापहरुलाई तीव्रता दिएका छन |

यिनै झापाली समाजहरु मध्येको एक हो झापाली समाज इजरायल | लामो समयबाट विभिन्न कठिनाइ खेप्दै आएको यस समाजले कठिनाइका बाबजुद नै गत १८ मार्च २०१७ मा इजरायलको तेलाविवमा आफ्नो दोस्रो अधिबेशन सम्पन्न गरेको छ | चितवन समाज इजरायलका महासचिव नयन सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनमा विभिन्न संघ-संस्थाका प्रतिनिधीहरु, पत्रकारहरु, राजनैतिक दलका प्रतिनिधीहरु, बुद्दीजीवीहरु,खेलाडीहरु अतिथीका रुपमा आमन्त्रित थिए भने इजरायलका विभिन्न स्थानहरुबाट आएका झापालीहरू तथा नेपालीहरुको समेत उपस्थिती रहेको थीयो |

प्रमुख अतिथी नयन सापकोटाले पानसमा दिप प्रज्वलन गरि उदघाटन गरेको अधिवेशनमा नेपाली रास्ट्रिय गित गाए लगत्तै साहदत्त प्राप्त विर शहिदहरु प्रति मौन धारण गर्दै अधिबेशन अगाडी बढेको थीयो | प्रमुख अतिथी सापकोटाले झापाली समाज इजरायलले स्थापना भएको छोटो अवधिमा तारिफ योग्य काम गरेको चर्चा गर्दै आगामी दिनहरुमा समेत सबैलाई समेट्दै सामाजिक कार्यमा थप अग्रसर हुने विश्वास ब्यक्त गरेका थिए |

संस्थाको बार्षिक आर्थिक गतिविधिको प्रतिवेदन निवर्तमान कोषाध्यक्ष सन्दिप भण्डारीले प्रस्तुत गरेका थीए भने बार्षिक अवधिमा समाजलाई विभिन्न क्षेत्रमा सहयोग पुर्याउने सल्लाहाकारहरु,पत्रकारहरु, खेलाडीहरु लगायतलाई कार्यक्रमका सभापति तथा प्रमुख अतिथीबाट प्रशंसा पत्र सहित सम्मान गरिएको थीयो त्यस्तै इजरायल बसाइ सकेर नेपाल फर्कन लागेका संस्थाका निवर्तमान अध्यक्ष ललित चन्द्र बजगाईंलाई समेत सम्मान पत्रले सम्मानित गर्दै बिदाई गरिएको थीयो |

अधिवेशनबाट गणेश गौतम ‘सागर’ को अध्यक्षतामा २१ सदस्य झापाली समाज इजरायलको कार्य समिती सर्वसम्मत रुपमा चयन गरिएको छ | जसमा बरिस्ठ उपाध्यक्ष – सन्दिप भण्डारी, उपाध्यक्ष – मित्र सिवाकोटी,महासचिव – अनु थापा केसी, प्रवक्ता – सावित्रा लुइँटेल घिमिरे, सचिव – नम्रता उपेती, कोषाध्यक्ष –  गोमा कार्की, सह-कोषाध्यक्ष – अमृता अधिकारी रहेका छन भने महिला तथा युवा संयोजक –  भीमा नेम्बाङ न्यौपाने, संगठन विभाग प्रमुख – पुष्पराज आचार्य रहेका छन | त्यस्तै  सदस्यहरुमा क्रमशः सुन्दर नेपाल, देवी खरेल पाण्डे,टिका ढुंगेल, नमा सेदुंग, निशा कटुवाल, सुष्मा काफ्ले, ललित दंगाल,माया बनेम, के. हांग सुब्बा,बिमला लामा र भीमा थापा रहेका छन |

अधिवेशनमा आकर्षक नृत्यहरु प्रस्तुत हुँदा उपस्थित सबैले भरपुर मनोरन्जन लिएका थिए | अधिबेशन सम्पन्न गर्न झापाली समाज इजरायलले आयोजक समिती गठन गर्दै सो आयोजक समितीले नयाँ कार्यसमिती चयन गर्नका लागि गठन गरेको निर्वाचन समितीले समयमा अधिबेशन नगराउने तथा केहि असन्तुस्ट रहेका साथीहरुलाई मनाउने नाममा समिती मनोमानी ढंगले अघि बढेपछी आयोजक समितीको पूर्ण बैठकको सर्वसम्मत निर्णयबाट उक्त निर्वाचन समिती भंग गर्दै अधिवेशन सम्पन्न भएको नव निर्वाचित अध्यक्ष गणेश गौतमले जानकारी दिएका छन |

अधिवेशन इजरायलमा रहेका उल्लेख्य झापालीहरुको उपस्थितिमा सम्पन्न भएको र अब विगत जस्तै अलमलमा नपरी झापाली समाज इजरायलको मुला प्रवाह भएर असन्तुस्ट साथीहरुलाई समेत समेटेर अधिकतम झापालीहरू माझ आफुहरु पुग्ने र समाजको लक्ष्य र उदेश्यमा लागिपर्ने गौतमले बताएका छन |

त्यस्तै निर्वाचित वरिस्ठ उपाध्यक्ष सन्दिप भण्डारीले अधिवेशन दुइ पटक सम्म स्थगित भैसकेको र बारम्बार अधिवेशन स्थगित हुँदा राम्रो सन्देश नजाने तथा अधिवेशन स्थगित गर्नैपर्ने कारण समेत नरहेको हुँदा केहि साथीहरुको असन्तोषका बाबजुद उल्लेख्य झापालीहरुको उपस्थितिमा अधिवेशन सम्पन्न भएकोमा खुशी ब्यक्त गर्दै असन्तुस्ट साथीहरुलाई छलफलमा आउन आग्रह गरेका छन |

झापाली समाज इजरायलका निवर्तमान अध्यक्ष ललित चन्द्र बजगाईंको सभापतित्वमा सम्पन्न अधिवेशनको संचालन महासचिव तथा प्रवक्ता गणेश गौतम ‘सागर’ ले गरेका थिए भने स्वागत मन्तव्य सचिव सावित्रा लुइँटेल घिमिरेले गरेकी थिइन |

 

 

 

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)