Aamsanchar

चार वर्षअघि निर्माण भएको बसपार्क अझै प्रयोगमा आएन

Author Image
मङ्गलवार, चैत ८, २०७३

फिदिम ।

पाँचथरको फिदिम–२ स्थित पल्लोटारमा चार वर्षअघि निर्माण भएको बसपार्क अझै सञ्चालनमा आउन सकेको छैन ।

बसपार्क उद्घाटन भएको लामो समयसम्म पनि सञ्चालनमा नआउँदा करोडौं रुपैयाँ बराबरको सरकारी लगानी खेर गएको छ । बसपार्क बनाउन स्थानीयले नगर विकास समितिलाई करिब ९ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएपछि जिविस, नगरपालिका र नयाँ सहर आयोजनाको करोडौंको लगानीमा भौतिक पूर्वाधार निर्माण गरिएको हो ।

जग्गादाता र स्थानीयले चाँडै बसपार्क सञ्चालनमा ल्याउन सरोकारवालाहरुलाई आग्रह गरेका छन् । पल्लोटारमा बसपार्क बन्ने भएपछि आसपासको क्षेत्रमा ठूला–ठूला भवन निर्माण हुनुका साथै बस्तीसमेत विस्तार भएको थियो । त्यसैगरी मेची राजमार्गदेखि बसपार्क प्रवेश सडकसमेत कालोपत्रे भइसकेको छ ।

बाहिरिने फराकिलो सडक, बस पार्किङस्थल र सार्वजनिक शौचालयसमेत बनिसकेको छ । तर पनि सरोकारवालाहरुले बसपार्क सञ्चालनमा नल्याएको भन्दै आफूहरु आश्चर्यचकित भएको स्थानीय देवेन्द्र अधिकारीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर