Aamsanchar

बालविवाहका कारण महिलामा मानसिक समस्या

Author Image
बुधवार, चैत ९, २०७३

रुकुम ।

बालविवाहका कारण ग्रामीण भेगका महिला मानसिक समस्या झेल्दै आएका छन् ।

बालविवाह गर्नेलाई कानुनी कारबाही नहुँदा बालविवाह घट्न सकेको छैन् । जनचेतनाको कमीले गाउँमा अझै पनि सानै उमेरमा विवाह गर्ने गरेका छन् । यसबाट महिला हिंसाका घटनामा समेत वृद्धि भएको छ । बहुविवाह र सम्बन्धविच्छेदका घटना समेत बढ्दै गएका छन् ।

बालविवाहकै कारण कतिपय महिलाले आत्महत्या समेत गर्ने गरेका महिला अधिकारकर्मी मनिषा भण्डारी बताउनुहुन्छ । बालविवाह न्यूनीकरणका लागि अभिभाकलाई सचेत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अन्तर्जातीय विवाह भएमा झगडा प्रहरीसम्म पुग्ने र अन्य भए गाउँमै मिलाउने गरेको भण्डारीले बताउनुभयो ।

गाउँमा बालविवाह भए पनि आपसी मिलेमतोमा कुरा मिलाउने तथा प्रहरीसम्म पुगे पनि लेनदेनमा कुरा मिलाउने प्रचलन रहेको छ । बालविवाहसम्बन्धी मुद्दा चलाउन समस्या रहेको प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी बताउनुहुन्छ । “दुवैपक्षको सहमति भएपछि मुद्दा चलाउन समस्या हुने गरेको छ,” उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१