Aamsanchar

छड्केमा ३५ कर्मचारी,होला त कारबार्ही ?

Author Image
बिहिवार, चैत १०, २०७३

भद्रपुर।

लामो समयदेखि झापाका सरकारी कार्यालयहरुको अनुगमन नहँुदा कर्मचारीको मनोबल बढी रहेको बेला जिल्ला प्रशासन कार्यालय झापाले बुधवार बिहान छड्के अनुगमन गरेको छ ।
प्रशासन कार्यालयले गरेको छड्के अनुगमनका क्रममा कार्यालय प्रमुख, अधिकृत र सहायक स्तरका कर्मचारी सहित ३५ जना कर्मचारी अनुपस्थित रहेको फेला परेको छ ।
बुधवार बिहान सवा दश बजे गरेको अनुगमनमा २० वटा कार्यालय मध्येवाट एक कार्यालय प्रमुख, ६ जना अधिकृत र २८ जना सहायक स्तरका कर्मचारी कार्यालय समयमा नभेटिएको हो । अनुपस्थित भएका कर्मचारीलाई निजामती ऐन अनुसार पहिलो चरणमा स्पष्टिकरण्सहित सचेत गराइने प्रजिअ उत्तरकुमार खत्रीको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)