Aamsanchar

झारफुकको नाममा ठगी गर्ने दुई महिला पक्राउ

Author Image
शुक्रवार, चैत ११, २०७३
झापा।
झापाको विर्तामोड नगपालिका १० बस्ने धनमाया श्रेष्ठलाई झारफुकको नाममा ठगी गर्ने दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत कटियार घर भई झापा बिर्तामोड नगरपालिका ६ मा डेरा गरी बस्ने मिना वेगम र सोही ठाउँकी बिनिता दनुवार रहेकी छन। पक्राउ परेकी महिलाहरुले चैत्र ९ गते बिहान श्रेष्ठको घरमा उनलाई झारफुक गरी रोग ठिक गरि दिने भन्दै आधा तोलाको सुनको औंठी, चार आना बराबरको कानको टप, नगद ४ हजार ६ सय र धन मायाकी बहिनी गोमा श्रेष्ठबाट नगद दुई हजार एक सय ठगी गरी फरार भएका थिए।
फरार महिलाहरुको बारेमा श्रेष्ठले दिएको हुलियाका आधारमा प्रहरीले उनीहरुलाई दुईदिन पछि पक्राउ गर्न सफल भएको हो। दुबैलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखी थप अनुसन्धान भइरहेको छ।
Views: 191

प्रतिक्रिया (०)