Aamsanchar

बाइस लाख नागरिकलाई सामाजिक सुरक्षा भत्ता

Author Image
शनिवार, चैत १२, २०७३

काठमाडौँ ।

सरकारले करिब २२ लाख ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग र बालबालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको पञ्जीकरण विभागले आवमा २०७२÷७३ मा २२ लाख ६५ हजार ५३५ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले जानकारी गराउनुभयो । उहाँका अनुसार चौमासिक रुपमा वितरण गरिएको भत्ता विभागले स्थानीय तहको वडा कार्यालयमार्फत वितरण गरिएको छ ।

सरकारले ज्येष्ठ नागरिक, एकल महिला र बिधुवालाई रु एक हजार, पूर्ण अपाङ्गता र लोपोन्मुख आदिवासीलाई दुई हजार, आंशिक आपङ्गतालाई ६००, बालबालिकालाई ४०० र ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई रु दुई हजार दिँदै आएको छ ।

शाखा अधिकृत सुवेदीले अन्तिम चौमासिकको चैत, वैशाख जेठ र असारमा मात्र वितरण गर्न बाँकी रहेको बताउनुभयो । विभागले उनीहरुलाई रु ३२ अर्ब ६९ करोड ९९ लाख वितरण गरेको छ ।  उहाँले अब वितरण गरिने अर्थ मन्त्रालयबाट रु एक अर्ब आउन बाँकी रहेको जानकारी गराउनुभयो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालादेखि विसं २०५२ साउन १ देखि जेठ, एक महिलालाई सामाजिक भत्ता विवरण गर्न सुरुवात गरिएको थियो ।

विभागले आव २०७१÷७२ मा २१ लाख ६० हजार ५७६ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१