Aamsanchar

सुरुङ्गा जेसीज जिल्लाकै उत्कृष्ट शाखा

Author Image
आइतवार, चैत १३, २०७३

बिर्तामोड ।
यस बर्षको जेसीज शाखाहरु मध्ये सुरुङ्गा जेसीज जिल्लाकै उत्कृष्ट शाखा घोषित भएको छ ।
जेसीजको विधान अनुसार शाखाले गरेको कार्यसम्पादनका आधारमा झापाका १४ वटा शाखाहरु मध्ये सुरुङ्गा जेसीज जिल्लाको उत्कृष्ट शाखा घोषित भएको छनौट समितिका सदस्य कृष्ण कनालले बताए । उत्कृष्ट शाखाका निवर्तमान अध्यक्ष शरला पोखरेल र महासचिव रामप्रसाद निरौलाले नगद ११ हजारसहितको उत्कृष्ट शाखा सम्मान ग्रहण गरेका थिए ।
जेसीज पूर्व अध्यक्ष समाज झापाले सुरुङ्गा जेसीजलाई उत्कृष्ट शाखा घोषित गर्दै सम्मान गरेको हो । बाहुनडाँगी जेसीजको आतिथ्यमा सम्पन्न समाजको दोस्रो साधारणसभामा सुरुङ्गा जेसीजलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा बर्ष २०१६ सफलताका साथ सम्पन्न गर्न सहयोग गर्ने १४ वटै जेसीज शाखाका पूर्वअध्यक्षहरुलाई समेत सम्मान गरिएको थियो । त्यस्तै नेपाल जेसीजका अध्यक्ष प्रकाश अधिकारी, महासचिव भरत प्रसाईं, र उपाध्यक्ष अतुल प्रसाईं समेत सम्मानगरिएको थियो । समाजका जिल्ला अध्यक्ष छविलाल खतिवडाको अध्यक्षता तथा नेपाल जेसीजका अध्यक्ष प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रीय महासचिव प्रकाश प्रसाईं, उपाध्यक्ष अतुल प्रसाईं, पूर्वअध्यक्ष अनिल भेटवाल, बाहुनडाँगी जेसीजका बर्ष ०१७का अध्यक्ष किरण नेपाल लगायतले बोलेका थिए ।
बाहुनडाँगी जेसीजका संस्थापक अध्यक्ष नवीन बरालले स्वागत, पूर्वअध्यक्ष बद्री निरौलाले आस्था वाचन गरेको कार्यक्रमको सञ्चालन समाजका महासचिव रमेश पोखरेलले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१