Aamsanchar

रेनल्टको क्वीड र डस्टर कार बिर्तामोडमा

Author Image
सोमवार, चैत १४, २०७३

बिर्तामोड,

मेची अञ्चलमै पहिलो पटक झापाको बिर्तामोडमा आइतबारबाट रेनल्ट कम्पनीका क्वीड र डस्टर कार गाडीको बिक्री शुरु भएको छ ।
रेनल्ट गाडीका लागि मेची अञ्चलको आधिकारिक बिक्रेता सहारा अटो मोवाइल्सले कार गाडीको बिक्री स्थलमै फाइनान्स र एक्सचेञ्ज सुविधा उपलब्ध गराएको छ । रेनल्टका गाडी फ्रेञ्च टेक्नोलोजीबाट भारतमा बनेको सस्तो, भरपर्दो र किफायती भएको उक्त गाडीको नेपालका लागि आधिकारिक बिक्रेता एड्भान्स अटो मोबाइल्सका डिलर सेल्स मेनेजर विपुल भट्टराईले जानकारी दिए ।
रेनल्टको उक्त गाडी नेपालमा प्रवेश गरेको छ महिना भयो । जुनसुकै कम्पनीको गाडीसँग पनि रेनल्टको गाडी एक्सचेञ्ज गर्न सकिने सहारा अटो मोबाइल्सले जनाएको छ ।
उक्त गाडीको ग्राउण्ड क्लियरेन्स राम्रो भएको, टच स्क्रिन भएको, क्याविन स्पेस बढी भएको तथा माइलेज स्वीडमा २५.१ किलोमिटर प्रतिलिटर तथा डस्टरमा १९ किलोमिटर प्रतिलिटर रहेको बताइएको छ ।
रेनल्टको कार गाडी क्वीडमा १७ लाख २० हजारदेखि २१ लाख ४८ हजार रुपैयाँसम्म तथा डस्टरतर्फ ३५ लाख ८१ हजारदेखि ५६ लाख ७१ हजार रुपैयाँसम्म मूल्यको रहेको सहारा अटो मोबाइल्सले जनाएको छ । उक्त गाडीहरुमा ६० हजारदेखि १ लाख ३५ हजार रुपैयाँसम्म छुटको अफर राखिएको बताइएको छ । रेनल्टका गाडी ८ सय देखि १६ सय सीसीसम्मका रहेका छन् ।
कस्तो छ क्वीड ?
‘रेनल्ट क्वीड’ इन्ट्री लेभलको ८ सय सीसी क्षमताको ह्याचब्याक कार हो । स्पोर्टी लुक्सको क्वीडले यसअघि नै बजारमा कब्जा जमाएका कारहरुको बीच भिन्न पहिचान छाड्न सक्छ ।
आफ्नो इन्ट्री लेभल गाडी क्वीडमा सकेसम्म धेरै फिचर्स राख्न प्रयास गरेको छ । ड्राइभर सिटमा एयरब्याग, एयर कन्डिसनसहित सुन्दर आन्तरिक सजावटले यसलाई थप आकर्षित बनाएको छ ।
इन्ट्री लेभलको कारक्वीडको फ्युल इफिसियन्सी उत्कृष्ट छ । यसले २५.१७ किलोमिटर प्रतिलिटरको माइलेज दिने कम्पनीको दावी छ । यसमा २८ लिटर क्षमताको इन्धन ट्याङ्क रहेको छ । क्वीडको ग्राउण्ड क्लियरेन्स १८० एमएम छ भने बुट स्पेश ३०० लिटर क्षमताको छ । युरोप, ब्राजिल र भारतजस्ता बजारमा सफलता हासिल गरिसकेको क्वीडले चालक र यात्रुको सुरक्षाका सवै उपायहरु अपनाएको छ । ड्राइभर सिटमा रहेको एयरब्याग सुविधा यो क्लासमा रहेका अन्य कारको भन्दा फरक छ ।
यस्ता छन् डस्टरका विशेषता
रेनल्टको ‘डस्टर’ नेपाली बजारमा उत्रिएको नयाँ एसयुभी हो । यो गाडी डिजेल र पेट्रोल दुवै भर्सनमा उपलब्ध गराइएको छ । यसमा ड्युल टोन सफ्ट टच ड्यासबोर्ड, क्रिमशन ब्ल्याक इन्टेरियर, गन मेटल फिनिस एलोई ह्वील लगायत स्पेश फिचर्सहरु छन् ।
यसैगरी अटोमेटिक क्लाइमेट कन्ट्रोल, ड्युअल विंग्ड फ्रन्ट ग्रिल, हक आई क्लस्टर हेडल्याम्प, कायाक रुफ रेल्स लगायत विशेषता पनि यसमा छन् ।
डस्टरको डिजेल भर्सनमा १५ सय सिसी र पेट्रोल भर्सनमा १६ सय सिसीको इञ्जिन जोडिएको छ । यो विभिन्न ६ भेरियन्टमा उपलब्ध छ । डस्टर पेट्रोल भर्सन २ र डिजेल भर्सन ४ भेरियन्टमा उपलब्ध छन् । यसको स्मार्ट लुक्ससहित यसमा २१० एमएमको ग्राउन्ड क्लियरेन्स छ । गाडीमा वल्र्ड क्लास सेक्युरिटी फिचर्सहरु रहेको कम्पनीको दावी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर