Aamsanchar

विद्युत चोर्दा चोर्दै– सात महिलासहित बीस पक्राउ

Author Image
सोमवार, चैत १४, २०७३

झापा।

झापाको कनकाई नगरपालिकास्थित सुरुङगाबाट विद्युत चोरीमा सम्लग्न सात महिलासहित २० जना पक्राउ परेका छन् ।
नेपाल विद्युत प्राधिकरण अनारमनी बितरण केन्द्र र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त गस्ती टोलीले आइतवार राति उनीहरुलाई विद्युत चोरी गर्दा–गर्दै विद्युतीय उपकरण सहित पक्राउ गरिएको नेपाल विद्युत प्राधिकरण अनारमनी बितरण केन्द्रका केन्द्र प्रमुख राजीवकुमार सिंहले जानकारी दिनुभयो ।

सिंहका अनुसार उनीहरुलाई सुरुङ्गाको प्रजापति टोलबाट पक्राउ गरिएको हो । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको बताइएको छ ।
उनीहरुका साथबाट टोलीले सिँचाईको मोटर, त्यसमा प्रयोग गरिने विद्युतीय तार बरामद गरिएको बताइएको छ । त्यस्तै हुकिङ गरेर घरमा जडान गरिएको तार, मिटर समेत बरामद गरिएको प्राधिकरणका इञ्जिनियर धिरेन्द्र वजगाईले जानकारी दिनुभयो ।
विद्युत चुहावट नियन्त्रण ऐन अन्र्तगत उनीहरुलाई कारवाही अघि बढाइने नेपाल विद्युत प्राधिकरण अनारमनी बितरण केन्द्रका केन्द्र प्रमुख सिंहले बताउनुभयो ।

Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर