[सन्तोष अधिकारी]
बिर्तामोड ।
झापाको बिर्तामोडस्थित चम्लागाईं कम्प्लेक्समा पाँच करोड रुपैयाँको लागतमा ‘थ्री स्टार’ स्तरको होटल होलिडे होम सञ्चालनमा आएको छ ।
बिर्तामोड कृषिथोक रोडको सात तले चम्लागाई कम्प्लेक्समा रहेको होटल होलिडे होम लिफ्टसहितको मेची अञ्चलकै पहिलो र सुविधासम्पन्न होटल बनेको संस्थापक मध्येका देविन्द्र चम्लागाईले पत्रकारहरुलाई जानकारी दिए । भवन र होटलका संरचना पूर्ण रुपमा भूकम्प प्रतिरोधी क्षमताको रहेको तथा हरेक फ्लोरमा अग्नि नियन्त्रक प्रविधि जडान गरिएको उनले बताए ।
झापा डाँगीबारीका स्थायी बासिन्दा लोकनाथ चम्लागाईं, प्रेम चम्लागाईं, महेन्द्र चम्लागाईं, देविन्द्र चम्लागाईं होटल होलिडे होमका संस्थापक सञ्चालक हुन् ।
होटलका जीएम इन्द्र कोइरालाका अनुसार कम्प्लेक्सको दोस्रो तलामा रिसेप्सन, रेष्टुरेण्ट, बार रहेको छ भने तेस्रोदेखि पाँचौंं तल्लासम्म आधुनिक सुविधायुक्त अतिथि सयन कक्ष रहेको छ । छैठौं तल्लामा कार्यक्रम हल तथा वैठक कक्ष र ओपन गार्डेन रहेको छ । होटल होलिडे होममा अतिथि सयन कक्षका लागि सिङ्गल, डबल, फेमिलि र सुइट गरी ४० वटा सुविधा सम्पन्न कोठा रहेको अप्रेशन मेनेजर आविश्कार कार्कीले बताए ।
न्यूनतम् ४ हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्मको सुविधासम्पन्न अतिथि सयन कोठाले पर्यटकलाई सहज र सुविधा पुग्ने सञ्चालकहरुको भनाइ छ । संस्थापक मध्येका देविन्द्रका अनुसार सबै कोठा एटेज बाथरुम ज्याकुजी र स्टीम बाथ तथा एसी जडित छन् । ७५ जना आँट्न सक्ने रेष्टुरेन्ट, २५ जना अटाउन सक्ने बैठक कक्ष र ५ सय जना सहभागी हुन सक्ने पार्टी तथा कार्यक्रम हल रहेको छ । होटल होलिडे होममा सबै मुलुकका खानाका परिकार दक्ष र अनुभवी कुकबाट बनाइन्छ । सुरक्षित, व्यवस्थित तथा स्वस्थ र हाइजेनिक खानाको परिकार हाम्रो पहिलो प्राथमिकतामा रहनेछ । हाल ३० जना कर्मचारी यस होटलमा रोजगार प्राप्त छन् ।
भद्रपुर विमानस्थलबाट १३ किलोमिटर उत्तरको दुरीमा रहेको यस होटलमा आउने पाहुना तथा पर्यटकहरुका लागि यहाँका पर्यटकीय क्षेत्रहरुको दृश्यावलोकन गराउने समेत प्याकेज बनाइएको जनाइएको छ ।
यहा आउने पाहुना पर्यटकले एक किलोमिटर दुरी भित्रै पर्ने झापाको चियाबगान, पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वरधाम, जामुनखाडी सिमसार, कनकाई माई कोटीहोम, दोमुखा, धनुषकोटीधाम, सालबारी सिमसार, केचनाकवल, किच्चकबध, विराटपोखर, सताक्षीधाम, कृष्ण थुम्की, इलामको चिया बगान, कन्याम, पाथीभरा मन्दिर, अन्तु डाँडा लगायतका क्षेत्रमा भ्रमण गर्न सक्ने प्रशस्त सम्भावना रहेको बताइन्छ । ‘मेची अञ्चलकै सबैभन्दा ठूलो अत्याधुनिक प्रविधिसहितको वीएण्डसी हस्पिटल पनि यसै होटल नजिकै पर्दछ’ देविन्द्र भन्छन् ‘सुरक्षाको दृष्टिले पनि इलाका प्रहरी कार्यालय नजिकै रहेको यस होटलमा पार्किङ क्षेत्रमा समेत सुरक्षाको दृष्टिले सीसी टीभी जडान गरिएको छ ।’
होटल होलिडे होमले लन्ड्री सर्भिस, ह्वाई टिकट, विमानस्थलबाट पाहुना ल्याउने र लैजाने, चिकित्सक, इमेल तथा देशविदेशमा फोन–फ्याक्स सेवा, साइड सिन प्याकेज, कञ्चनजंघा हिमाल ट्रेकिङ, १० किलोमिटरसम्मका स्थानीय सेवाग्राहीलाई राति ढिलो भएको खण्डमा घरसम्म पु¥याउने सेवा समेत यस होटलले सुचारु गरेको जानकारी दिइएको छ ।
‘होटल होलिडे होमलाई हामीले सबैस्तरका पाहुना, पर्यटकले सेवा लिन सक्ने गरी विकास गरेका छौं । आगामी दिनमा अझ नयाँ–नयाँ सेवा सुविधाहरु थप्ने योजना बनाएका छौं’–होटल संस्थापक मध्येकै महेन्द्रले भने–‘व्यवसायिक क्षेत्रमा होटल व्यवसाय सेवामुलक व्यवसाय हो । यो मानिसको स्वास्थ्य र आरामसँग जोडिएको विषय हुनाले यहा सेवा लिन आउने पर्यटक, पाहुनाहरुलाई कुनै असुविधा नहुने प्रतिबद्धता व्यक्त गर्दछौं ।’
पर्यटन व्यवसाय राष्ट्रको समृद्धिको दीगो र प्रमुख आधार भएको तथा मुलुकको आर्थिक विकासको मेरुदण्ड नै पर्यटन भएको र पर्यटनको आधारहरु मध्ये एउटा प्रमुख आधार होटल व्यवसाय रहेको संस्थापक लोकनाथले बताए । ‘नेपाल त्यसमा पनि पूर्वी नेपाल, झापा र आसपासका जिल्लाहरुमा पर्यटनको प्रचुर सम्भावना छ । यहाँ विभिन्न देशबाट घुम्न र बस्नका लागि पर्यटकहरु आउने गरेका छन् ’– लोकनाथले भने–‘तर, ती पर्यटकहरुले खोजेको र चाहे अनुसारको होटलको अभाव खड्किरहेका बेलामा मेचीअञ्चलकै प्रमुख व्यापारिक केन्द्र झापाको बिर्तामोडमा हामीले ‘थ्री स्टार’ स्तरको होटल होलिडे होम सञ्चालनमा ल्याउन पाउँदा हर्षित र गौरवान्वित बनेका छौं ।’
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 159