Aamsanchar

सत्र वर्ष साङ्लाले बाँधिएका लीला उपचारपछि घर फर्किए

Author Image
सोमवार, चैत १४, २०७३

झापा।

सत्र वर्षदेखि साङ्लोमा बाँधिएका वाह्रदशी गाउँ पालिका–३ स्थित राजगढका १९ वर्षीय लीला चम्लागाई उपचारपछि आज घर फर्किएका छन् ।
मानसिक सन्तुलन गुमेपछि लीलालाई उनको परिवारले विगत १७ वर्षवर्षदेखि घरमा नै साङ्लाले बाँधेर राखेका थिए । स्थानीय सञ्चारमाध्ययममा समाचार प्रकासन भएपछि उनको बिर्तामोडस्थित विएण्डसी अस्पतालले निःशुल्क उपचार गर्ने घोषणा गरेको थियो । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाई , मानसिक रोग विशेषज्ञ डा सन्दिप वर्मा सहित सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद तिवारी लगायतको टोलीले चम्लागाईको घरमै पुगेर लीलालाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।

चैत १ गते अस्पताल भर्ना भएका लीलको सम्पूर्ण औषधि उपचार अस्पतालले निःशुल्क गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिष गिरीले बताउनुभयो । दुई सातासम्म अस्पतालमा डा वर्मा सहितको चिकित्सकको टोलीले उनको उपचारपछि आज लीलालाई एक समारोहको आयोजना गर्दै घर फर्काइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी डम्मरुप्रसाद निरौलाको प्रमुख आतिथ्यमा अस्पतालमा आयोजित कार्यक्रमकाबीच लीलाको विदाई गरिएको छ । सो समारोहमा उपचारमा सम्लग्न चिकित्सक बर्माले लीलालाई अब साङ्लोले बाध्नु नपर्ने बताउनुभएको छ । उनमा वुद्धिको विकास नभएको र छारे रोगका कारण यस्तो समस्या देखिएको भन्दै डा बर्माले लीलाले केही समयसम्म निरन्तर औषधि सेवन गर्नु पर्ने बताउनुभयो ।
२०५४ सालमा जन्मिएका लीला वाल्य अवस्थादेखिनै बोल्दैनन् थिए । उनको दाहिने हात समेत नचल्ने र टोलाइरहने स्वभावका उनी अहिले सबै कुरा बुझ्न सक्ने भएको उनकी आमा जानुकाले बताउनुभयो । उपचार पछि छोरो निको भएको भन्दै उहाँले उपचारमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिनुभएको छ ।
इता अस्पतालका प्रवन्ध निर्देशक प्रसाईले लीलाको उपचारमा लागेको सम्पूर्ण खर्च अस्पतालले व्यहोरेको र अब लाग्ने सम्पूर्ण औषधि समेत अस्पतालले निःशुल्क प्रदान गर्ने बताउनुभएको छ ।

Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर