Aamsanchar

दुर्घटना न्युनिकरण सम्बन्धी सचेतना

Author Image
सोमवार, चैत १४, २०७३

झापा।

झापाको अर्जुनधारा-११ स्थित आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रले आइतबार दुर्घटना न्युनिकरण सम्बन्धी १ दिने सचेतनात्मक कार्यक्रम संम्पन्न गरेको छ।

अंञ्चल प्रहरी कार्यालय मेचीका प्रहरी बरिष्ठ उपरिक्षक पिताम्बर अधिकारीको प्रमुख अतिथ्यतामा संपन्न भएको उक्त कार्यक्रममा इसिडी रिक्सा, टेम्पु तथा यातायात प्रालिमा आबद्ध सम्पुर्ण चालकहरुलाई ट्राफिक ऐन नियम सम्बन्धि जानकारी दिएको थियो।

कार्यक्रममा सेवाकेन्द्रका अध्यक्ष डा. प्रलाद सापकोटा, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरिक्षक  शैलेस थापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरिक्षक ढुण्डिराज गिरी समेतको उपस्थिती रहेको उक्त कार्यक्रममा १ सय जना मानिसहरुको सहभगिता रहेको  इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)