पाँचथर।

पाँचथरको नागी-६ बस्ने ५१ बर्षिय ईन्द्र कुमार राईको सोमबार घाँसकाट्ने क्रममा रुखबाट लडेर ज्यान गएको छ।

विहान ८ बजेतिर घाँसकाट्न भनि बरको रुखमा चढेका राई अचानक लडी गम्भिर घाइते भएका थिए। घाइते राईलाई उपचारकोलागी जिल्ला अस्पताल पाँचथर ल्याउनसाथ मृत्यु भएको अस्थायी प्रहरी चौकी गणेशचोकले जनाएको छ।
Views: 155

