Aamsanchar

एक हप्तामा पाँच गाई मरे

Author Image
मङ्गलवार, चैत १५, २०७३

बैतडी ।

बैतडीको दोगडाकेदार गाउँपालिकाका किसानले पालेका गाई अज्ञात रोगका कारण मर्न थालेका छन् ।  दोगडाकेदार–३ श्रीकोट खिरेगाउँमा एक हप्ताको अवधिमा पाँच गाई मरेका हुन् । श्रीकोटका स्थानीय बासिन्दा विनोद भाटका अनुसार गाईले मुखबाट ¥याल फाल्ने, शरीर फुल्ने, मलमूत्र बन्द हुने जस्ता लक्षण देखिने गरेका छन् । उहाँले भन्नुभयो “यस्तो लक्षण देखिएको २४ घन्टाभित्रै गाई मरेका छन् ।”

जिल्लाको दोगडाकेदार–३ तथा साविकको श्रीकोट–२ का शङ्कर भट्ट, अर्जुन भाट, बलदेव भट्ट, कलसे विष्ट र देवेन्दसिंह भाटले पालेका एक÷एक गाई मरेका बताइएको छ ।

जिल्ला पशुसेवा कार्यालय पाटन बैतडीका पशु विकास अधिकृत देवीदत्त भट्टले दोगडाकेदार–३ श्रीकोटका किसानले पालेका गाई मरेको बारेमा कुनै पनि जानकारी नआएको बताउनुभयो । उहाँले भन्नुभयो “गाई के कारणले मरेका हुन् भन्नेबारे पशु चिकित्सक पठाएर रोग पत्ता लगाउँछौँ ।”

अज्ञात रोगका कारण यसरी गाई मर्न थालेपछि किसान चिन्तित बनेका छन् । यसअघि गत वर्ष पनि यस्तै लक्षणका कारण बैतडीमा दुई दर्जनभन्दा बढी किसानले पालेका ३० भन्दा बढी भैँसी मरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)