Aamsanchar

बंगलादेशद्धारा नेपालसामू २५८ रनको चुनौती प्रस्तुत

Author Image
मङ्गलवार, चैत १५, २०७३

काठमाडौंः

एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा बंगलादेशले नेपालसामू २५८ रनको चुनौती प्रस्तुत गरेको छ। कक्स बजारस्थित शेखकमल स्टेडियममा टस हारेर पहिले व्याटिङको निम्तो पाएको घरेलु टोली बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५७ रन बनाएको हो।

नेपालका लागि अविनाश कर्ण सर्वाधिक तीन विकेट लिए। यस्तै सन्दिप लामिछानेले दुई तथा कप्तान ज्ञानेन्द्र मल्ल र मेहेबुब आलमले समान एक–एक विकेट लिएका थिए।  नेपालले केहीबेरमा जवाफी व्याटिङ गर्नेछ।

बंगलादेशका लागि नासिर हुसेनले अविजित रहँदै सर्वाधिक १०९ रन जोडे ११५ बलको समाना गरेका हुसेनले १२ चौका र २ छक्का प्रहार गरे । त्यसैगरी कप्तान मोमिनुल हाक्यूले ६१ रन जोडे भने अबुल हसनले २९ रन जोडे ।

एक रन बनाउँदा पहिलो विकेट गुमाएको बंगलादेशले ४२.२ ओभरमा १७५ रन बनाउँनदा ८ विकेट गुमाएको थियो नासिर हुसेन र अबुल हसनले नवौं विकेटका लागि ७६ रनको साझेदारी गरेपछि बंगलादेश ठूलो स्कोर खडा गर्न सफल भएको हो । अन्नपूर्ण

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर