Aamsanchar

इमर्जिङ कप क्रिकेट : नेपाल बंगलादेशसँग पनि पराजित

Author Image
मङ्गलवार, चैत १५, २०७३

काठमाडौं :

एसियन क्रिकेट काउन्सिल (एसीसी ) इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार खराव प्रदर्शन गरेको छ । पहिलो खेलमा टेस्ट मान्यता प्राप्त राष्ट्र पाकिस्तानको यू–२३ टोलीसँग ६ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा अर्को टेस्ट टोली बंगलादेशको यू–२३ सँग ८३ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

बंगलादेशको कक्स बजारस्थित शेख कमाल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले बंगलादेशी टोलीलाई दुई सय ५७ रनमा रोकेको थियो । नासिर हुसेनले एक सय नौ रनको शतकीय पाली खेलेपछि बंगलादेशले विशाल योगफल खडा गरेको थियो । बंगलादेशका कप्तान मुनिमल हकले ६१ रनको अर्धशतकीय पाली खेले भने अबुल हसनले २९, अफिफ हुसेनले १४ र मोहमद साइफुद्दिनले १३ रन जोडे ।

नेपालका लागि अविनास कर्ण सर्वाधिक सफल बलर बने । आठ ओभर बलिङ गरेका उनले एक मेडल राख्दै ४६ रन खर्चेर तीन विकेट हात पारे । यस्तै सन्दिप लामिछानेले दुई तथा मेहबुब आलम, दीपेन्द्रसिंह ऐरी र ज्ञानेन्द्र मल्लले एक एक विकेट बाँडे ।

दुई सय ५८ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ४२.३ ओभरमा एक सय ७४ रन मात्र बनाउन सक्यो । कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भएको खेलमा दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५६ रनको योगदान दिए । ८५ बल खेलेका उनले ६ चौका प्रहार गरे ।

यस्तै विकेट किपर ब्याट्सम्यान दीलिप नाथले ४१ र विनोद भण्डारीले ३३ रन जोडे । उनीहरु दुवैले एक एक छक्का प्रहार गरेका थिए । नेपाली ब्याट्सम्यानमा सुनील धमला एक, आरिफ शेख १२, शरद भेषवाकर दुई, मेहबुब आलम १०, भुवन कार्की ६, सन्दिप लामिछाने तीन र अविनास कर्णले एक रन जोडेका थिए ।

नेपाललाई कम स्कोरमा रोक्न राहतुल फर्दोसले चार विकेट लिए । यस्तै मोहमद साइफुद्दिनले तीन र अबुल हुसेनले दुई विकेट चट्काए । राहतुल फर्दोसले नेपालका दीलिप नाथ, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर र मेहबुब आलमलाई पेभेलिएन पठाए ।अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर