Aamsanchar

नालामा डुबेर एक बालकको मृत्यु

Author Image
बुधवार, चैत १६, २०७३

झापा ।

परीक्षा दिएर घर फर्किँदै गरेका एक बालकको नालामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर–१० का १० वर्षीय कुशल निरौला रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै, सोही नालामा डुबेका ७ वर्षीय समिर बजगाईं भने सकुशल रहेका छन् ।

भद्रपुर–१० स्थित नमुनाटोल नजिकैको चारआली–केचना सडक निर्माणको लागि खनिएको नालामा मङ्गलबार दिउँसो दुवै बालक डुबेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

नालामा डुबेको स्थानीयले देखपछि दुवैजनालाई उद्धार गरिएपनि निरौलाको उपचारका क्रममा बी एण्ड सी अस्पताल, बिर्तामोडमा मुत्यु भएको हो ।

नालामा डुबेका बजगार्इं भने ओमसाई पाथिभरा हस्पिटल, भद्रपुरमा उपचारपछि घर फर्किसकेका छन् । विदुर बोर्डिङ स्कूल भद्रपुरमा अध्ययनरत निरौला कक्षा–३ र बजगाईं युकेजीको परीक्षा दिएर घर फर्किएका थिए ।

यता, ठेकेदारले साढे एक फुट नाला खन्नु पर्नेमा नियम मिच्दै ५ देखि १० फुटसम्म नाला खनेर छाडेपछि दुर्घटना भएको भन्दै स्थानीय आक्रोशित भएका छन् । नाला खनेर छाडिएपछि जमेको पानीको निकास समेत बन्द भएको छ । सोही पानीमा दुई बालक डुबेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर