Aamsanchar

एसएलशर्मा श्रृजनशिल पत्रकारीता पुरस्कार राजबाबुलाई

Author Image
बुधवार, चैत १६, २०७३

बिर्तामोड।

यस बर्षको एस।एल।शर्मा श्रृजनशिल पत्रकारीता पुरस्कार अग्रज पत्रकार राजबाबु शंकरलाई प्रदान गरिएको छ ।
नेपाल पत्रकार महासंघको स्थापना दिवसको सन्दर्भमा बिर्तामोडमा आयोजित कार्यक्रमका बिच शंकरलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
२१ हजार नगद राशी सहितको उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघकी उपाध्यक्ष अनिता बिन्दुले हस्तान्तरण गर्नु भएको थियो ।
सोही कार्यक्रमका बिच पार्व्ति देवि पत्रकारीता प्रोत्साहन पुरस्कार पत्रकार रमेश समदर्शीकी पत्नी अमिता राईलाई प्रदान गरिएको थियो । उक्त पुरस्कारको राशी ११ हजार रुपैँया रहेको छ ।
सोही कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिन्दुले पत्रकारहरु एकबद्ध हुनु पर्नेमा जोड दिनु भयो ।शाखा सभापति तारामाणी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी, अग्रज पत्रकार नकुल काजी, पुरस्कारका संस्थापक राजेन्द्र शलभ, महासंघ केन्द्रिय सदस्य गणेश पोखरेल लगायतले बोल्नु भएको थियो ।
सचिव सन्तोष आचार्यले संचालन गर्नु भएको कार्यक्रममा पुरस्कृत ब्यक्तित्वको चर्चा पत्रकार गोपाल गिरिले गर्नु भएको थियो ।
कार्यक्रममको औचित्य माथि प्रकाश पादै उपाध्यक्ष एकराज गिरिले सहभागिलाई स्वागत गर्नु भएको थियो ।

Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर